६ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

महत्व नबुझेर केही विद्वानले बेसारको मजाक उडाएः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दैनिक प्रयोग हुने खाद्यवस्तुको महत्व नबुझेर केही विद्धानले बेसारको मजाक उडाएको बताएका छन् । औषधिको रुपमा बेसारलगायत सामग्री खानेकुराको रुपमा पूर्खाहरुले प्रयोग गर्दै आएको उनले दोहोर्‍याए ।

विश्व योग दिवसको अवसारमा आइतबार बिहान भर्चुअल कार्यक्रममा राष्ट्रिय योग अभ्यासक्रम (प्रोटोकल) पुस्तिका सार्वजनिक गर्दै उनले केही विद्धानहरुले पूर्वजको ज्ञानलाई मजाक बनाएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

‘आहारा, व्यायम र आरामको सन्तुलन मिलाए मात्र स्वस्थ्य रहन सकिन्छ,’ उनले भने, ‘मैले बेसारले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ भन्दा केही विद्धानले बेसार अदुवालाई मजाक बनाए ।’ पूर्वजहरुले औषधिको रुपमा भान्सामा ती खानेकुराको प्रयोग गरेको उनले प्रष्टाए । ‘मेथी किन पड्काएको रु सब्जीमा बेसार किन हालेको ? भनेर ती विद्धानले भान्सा तयार गर्नेलाई सोधुन्, त्यसले शरीरको प्रतिरोधी क्षमता बढाउँछ ।’ त्यसको महत्व नबुझेर पुर्खाको समेत अपमान गरिएको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले आहार, व्यायम र आरामको सन्तुलन मिलाउन सबैलाई आग्रह समेत गरे । ‘विरुवालाई पानी चाहिन्छ, धेरै पानी भयो भने विरुवा पनि राम्रो हुँदैन,’ उनले भने । शारीरिक र मानसिक हिसाबले सचेत र सबल रहन पहिले स्वस्थ्य रहनुपर्ने उनले जनाए ।

‘प्राचीनकालदेखि योग र आयुर्वेद नेपाली समाजमा रहेको छ,’ उनले भने, ‘कस्तो बेला कुन प्रकारको योग आवश्यक हुन्छ भनेर गुरुहरुबाट सिक्नुपर्छ ।’ उनले सबै उमेरका जुनसुकै व्यक्तिलाई योगको आवश्यक पर्ने जनाए । सरकारले स्वस्थ्य र निरोगी नेपाल बनाउने उनले बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले योग अभ्यास क्रमको पुस्तिका तयार पारेको हो । छैठौं अन्तराष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्री ओलीले पुस्तिका सार्वजनिक गरेका हुन् । पुस्तिकामा योग गर्ने विधि र तरिकाहरु उल्लेख रहेको छ । कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराई र योग प्रशिक्षकहरु सहभागी थिए ।

हालै राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले कोरोनासँग लड्न बेसारको महत्वबारे बोलेका थिए । उनको यो अभिव्यक्तिलाई लिएर सामाजिक सन्जालमा धेरैले ठट्टा गरेका थिए । कान्तिपुर दैनिक




भर्खरै