२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता

आज युएइबाट झण्डै ६०० नेपाली नागरिक स्वदेश फर्कदै

आज युएइबाट झण्डै ६०० नेपाली नागरिक स्वदेश फर्कदै
अ अ+ अ-

काठमाडाैंः नेपाल फर्कनैपर्ने अवस्थामा रहेका नेपालीहरुलाई चार्टर्ड फ्लाइट मार्फत नेपाल फर्काउनेक्रम जारी रहेको युएईस्थित नेपाली राजदूतावासले जनाएको छ ।

युएइका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार असार ७ गते तीन वटा उडान मार्फत झण्डै ६०० नेपाली नागरिक स्वदेश फर्कदै हुनुहुन्छ ।

आइतबार बिहान ४.२० मा १५१ जना यात्रु बोकेर हिमालयन एयरलाइन्सको एउटा जहाज काठमाडौंका लागि प्रस्थान गरिसकेको छ भने फ्लाई दुबई र नेपाल एयरलाइन्सका चार्टर्ड फ्लाइटहरु बिहान ८ र ११.१० बजे युएईबाट प्रस्थान गरेका छन् ।

यसअघि असार ६ गते शनिबार एयर अरेबिया र असार ५ गते नेपाल एयरलाइन्सको यस्तै उडान मार्फत ३०० भन्दा बढी नेपाली स्वदेश फर्किसकेको दूतावासले जनाएको छ ।

नेपाल सरकारले तोकेको प्राथमिकता अनुरुप गर्भवती, बिरामी, नेपालमा आफन्त गुमेका, युएईमा रोजगारी गुमेका आदि नेपालीहरु स्वदेश फर्कनु भएको छ ।

आगामी असार ८, ९, १० र ११ गते पनि विभिन्न एयरलाइन्सका चार्टर्ड फ्लाइटबाट नेपालीहरुको फिर्तीलाई निरन्तरता दिइने दूतावासको भनाई छ ।