६ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनभरीमा १४ हजार विदेशी बाहिरिए



अ+ अ-

काठमाडौं । कोभिड १९ नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनको अवधिमा करिब १४ हजार विदेशी नागरिक नेपालबाट बाहिरिएका छन्। विभिन्न प्रयोजनका लागि नेपाल भित्रिएकामध्ये १४ हजार फर्किएका हुन्। लकडाउनका कारण हवाई सेवा बन्द भएपछि नेपालबाट यो संख्यामा विदेशी नागरिक आफ्नो मुलुक फर्केका छन्। अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीकाअनुसार उनीहरूलाई सम्बन्धित मुलुकले जहाज चार्टर्ड गरी आफ्नो मुलुक फर्काएको हो। लकडाउन यथावतै रहेको अवस्थामा व्यावसायिक उडान अझै सुरु हुन नसक्दा थप करिब १० हजार विदेशी नेपालमै अलपत्र छन्।

यसबाहेक नेपाल भ्रमण वर्षको क्रममा नेपाल घुम्न आएका करिब १३ हजार पर्यटकमध्ये हालसम्म करिब १० हजार सम्बन्धित मुलुकमा फर्केको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा। धनन्जय रेग्मीले बताए। अझै करिब १ हजार देखि १५ सय पर्यटक नेपालमा रहेको अनुमान बोर्डको छ। नेपालमा रहेका पर्यटकमध्ये कतिपय स्वेच्छाले नेपालमै बसेका छन्। कतिपय बाध्यताले बसेको रेग्मीले बताए। ‘सम्बन्धित मुलुकले समन्वय नगर्दा पनि उनीहरू फर्कन पाएका छैनन्, कतिपय भने आर्थिक अभावका कारण पनि यता छन्, व्यावसायिक उडान सुरु भएपछि उनीहरू फर्कने सम्भावना छ’, रेग्मीले भने।

नेपालमा रहेका पर्यटक कहाँ कति संख्यामा छन्, त्यसको यकिन तथ्यांक तत्काल आउन नसक्ने रेग्मीको भनाइ छ। काठमाडौं र पोखरामा बढी पर्यटक रहेको अनुमान बोर्डको छ। अप्ठ्यारोमा परेका पर्यटकले जानकारी गराए खाना र बस्ने व्यवस्था बोर्डले गर्ने गरी सूचना जारी गरेको रेग्मीले जानकारी दिए। गत चैत ११ गतेबाट सुरु भएको लकडाउनका कारण नेपालमा अलपत्र परेका पर्यटक र विभिन्न कामको लागि नेपाल आएका विदेशी नागरिकको हकमा जरिवाना शुल्क नलाग्ने व्यवस्था गरिएको अध्यागमन विभागले जनाएको छ। पर्यटकको रूपमा नेपाल आएका तर, लकडाउनका बीच भिसाको म्याद सकिनेको हकमा जरिवाना वापतको कुनै पनि शुल्क तिर्नु नपर्ने विभागका महानिर्देशक केसीले भने।

अन्तर्राष्ट्रिय उडान सुरु भएको १५ दिनभित्र त्यस्ता पर्यटक आफ्नो मुलुक फर्किसक्नुपर्ने व्यवस्था गरिएको छ। यही असार १३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडानमा सरकारले रोक लगाएको छ। पर्यटकबाहेक गैरपर्यटकको हकमा यो व्यवस्था लागु नहुने बताइएको छ। लकडाउन सुरु भएदेखि बन्द भएको अध्यागमन विभाग यही असार १ गतेदेखि पुनः सञ्चालनमा आएको छ। नेपालमा रहेका विदेशी नागरिक र पर्यटकको हकमा सामाजिक दुरी कायम गरी भिसाको म्याद थप्ने प्रक्रिया सुरु गरिएको केसीको भनाइ छ।

असारको पहिलो सातासम्म करिब १ हजारको संख्यामा विदेशी नागरिकले भिसाको म्याद थप गराएका छ। यसबाट विभागले ७० लाख रुपैयाँ राजस्व संकलन गरेको छ। यसमध्ये लकडाउनअघि नै भिसाको म्याद सकिएका ३ जना पर्यटक र बाँकी ७ सय जना गैरपर्यटकले भिसाको म्याद थप र भिसा परिवर्तनजस्ता काम गराएका छन्। अन्नपुर्णपोष्ट दैनिक




भर्खरै