६ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड–१९ संक्रमितः ९५ प्रतिशत विदेशबाट आएका



अ+ अ-

काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमितको सख्या आइतवार नौ हजार नाघेको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयको पछिल्लो तथ्यांकनुसार नौ हजार २६ जनामा कोभिडको संक्रमण पुष्टि भएको सन्दर्भमा अहिलेसम्म यो रोग समुदायमा नफैलिएको विज्ञले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुवेद पाण्डे संक्रमितको सख्या बढिरहे पनि कोभिडको संक्रमण समुदायमा फैलिनसकेको बताए । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ बारे जानकारी दिँदै डा. पाण्डले नेपालमा कोभिडका संक्रमितमध्ये अधिकांश विदेशबाट आयातीत व्यक्ति भएकाले नेपालमा अहिलेसम्म समुदायमा रोग नभएको बताए । उनका अनुसार कूल कोभिडका संक्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएका र तीमध्ये पनि सबैजसो भारतबाट आएका छन् । यो सख्यामा ९२ प्रतिशत पुरुष छन् । उनीहरु १५ देखि ५४ वर्ष उमेरका छन् । उनीहरु श्रमका लागि विदेश गएका र नेपाल फर्कदा कोभिड संक्रमित भएर आएको अवस्था रहेको डा पाण्डेले जानकारी दिए ।

उनले भने, ‘अहिलेसम्म कोभिड संक्रमितमध्ये सबैजसो व्यक्ति विदेशबाट आएका र आयातीत व्यक्ति पनि धेरैजसो पुरुष हुनुहुन्छ, उहाँहरु काम विशेषले विदेश गएर फर्किएकाले नेपालमा अहिलेसम्म समुदायमा रोग नगएको कुरा पुष्टि हुन्छ ।’ डा. पाण्डेले अहिलेसम्मको मृत्युको अवस्थालाई हेर्दा पनि कोभिड–१९ का कारण मृत्यु भएका २३ मध्येमा चार महिला र बाँकी पुरुष छन् । उनीहरु पनि विभिन्न किसिमका दीर्घ रोगका कारण मृत्यु भएको देखिन्छ । विशेषगरी किड्नी, दम, उच्च रक्तचापआदिका बिरामीको बढी मृत्यु हुने गरेको बताइएको छ । अहिले दैनिक बढेको कोभिड संक्रमितको ग्राफ अबको केही दिनमा क्वारेन्टिनको परीक्षण सकिएपछि संक्रमितको सख्या पनि घट्दै जाने उनले बताए । पछिल्लोपटक छदेखि आठ दिनको अवधिमा झण्डै दोब्बर संक्रमित बढेका छन् । अहिले परीक्षणको दायरा बढेको र विदेशबाट आउनेक्रम पनि बढिरहेकाले सख्या धेरै देखिएको डा पाण्डेको भनाइ छ ।

महाशाखाले सम्भावित संक्रमितको कन्ट्याक ट्रेसिङका लागि २० वटा टिम तयारी अवस्थामा रहेका र हरेक प्रदेशमा तीन तीन टिम परिचालन भइरहेको जानकारी दिँदै यो कार्यलाई बढाइ समुदायमा कोभिडको संक्रमण जान नदिन सक्रियरुपमा लागि परेको निर्देशक पाण्डेले बताए ।

थप ४२१ व्यक्ति संक्रमित
आइतवार थप ४२१ जनामा कोभिड–१९ का संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले ४२१ जनाको पिसिआर पोजेटिभ आएको र त्यसमध्ये ६४ महिला र ३५७ पुरुष रहेको जानकारी दिए । योसँगै हालसम्म नौ हजार २६ जनाको पिसिआर पोजेटिभ आएको छ । तीमध्ये ८२० जना महिला र आठ हजार २०६ जना पुरुष छन् । हालसम्म देशका ७५ जिल्लामा कोभिड–१९ संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा आठ महिला र १८६ पुरुष गरी कूल १९४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको सख्या १४९ महिला र एक हजार ६२३ पुरुष गरी कूल एक हजार ७७२ पुगेको छ । कोभिड–१९ संक्रमितका कारण थप एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २३ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो पटक मृत्यु हुनेमा गुल्मी क्षत्रकोट गाउँपालिका–५ मैनडाडाँका ६९ वर्षीया पुरुष हुन् । उनी प्यारालाइसिस उपचारका लागि भारत गएर फर्किएको र घरमै क्वारेन्टिनमा बसेका थिए ।

पछिल्लो २४ घण्टामा विभिन्न २२ वटा प्रयोगशालामा छ हजार आठ जनाको पिसिआर विधिबाट नमूना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै नौ हजार ८७४ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार हालसम्म पिसिआर विधिबाट एक लाख ७५ हजार १७३ र आरडिटी विधिबाट दुई लाख ६२ हजार १७४ नमूनाको परीक्षण गरिएको छ । मुलुकभरका क्वारेन्टिनमा ९४ हजार ९२८ जना रहेका छन् । आइसोलेशनमा रहनेको सख्या सात हजार २३१ रहेको छ । सौर्य दैनिक




भर्खरै