२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रसिद्धको शतक र बिपिनको ६ विकेटमा नेपालले इन्डोनेसियालाई हरायो



अ+ अ-

काठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटमा ओपनिङ ब्याट्सम्यान प्रसिद्ध जैसीको शतक तथा कप्तान बिपिन प्रसाद शर्माको ६ विकेटमा नेपालले इन्डोनेसियालाई फराकिलो अन्तरले पराजित गरेको छ ।

आईतबार क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा भएको खेलमा नेपालले इन्डोनेसियालाई ३७० रनको विशाल अन्तरले पराजित गरेको हो ।

नेपालले जितको लागि दिएको ४२१ रनको विशाल लक्ष्य पछ्याएको इन्डोनेसिया २४.३ ओभरमा ५० रनमा अलआउट भयो । इन्डोनेसियाका कविन नीरजले सर्वाधिक १५ तथा दिवित नन्दाले १४ रन बनाउदा अन्य कुनैपनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा कप्तान बिपिनले ७.३ ओभरमा १२ रन मात्र दिएर उत्कृष्ट ६ विकेट लिए । शुभम खनाल र सुगम बुढाथोकीले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४२० रन बनाएको थियो । नेपालको यो ५० ओभरको खेलमा बनेको सर्वाधिक योगफल हो । अहिलेसम्म कुनैपनि उमेर समूहदेखि सिनियर टोली सम्मले यति योगफल बनाउन सकेका छैनन् ।

नेपालको जितमा प्रसिद्ध जैसीले ११४ बलमा १३२ रनको शानदार शतकीय पारी खेले । उनले १५ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, रौनक श्रीवास्तवले ७१ बलमा ८ चौका र २ छक्काको सहयोगमा ८८ रन बनाउदा ओपनर परिमार्जन यादवले २८ बलमा ४ चौका र ८ छक्का प्रहार गर्दै ७१ रनको विस्फोटक पारी खेले । जोय थापाले ४१ बलमा ५७ रन बनाए ।

इन्डोनेसियाका केतुत दर्मा पुत्राले २ विकेट लिए भने काभिन नीरज, महेन्द्रा आजी र रेहान रिजाले १/१ विकेट लिए ।

समूह ए मा रहेको नेपालले हालसम्म खेलेका तीनै खेल जितेर ६ अंक जोड्दै अंकतालिकामा शीर्षस्थानमा छ । यस्तै, सिंगापुरले ४ खेलबाट ३ जितसहित ६ अंक जोडेको छ भनेजापान र इन्डोनेसियाको २-२ अंक र भुटान अंकविहीन छ । नेपालले अब भुटानसँग खेल्नेछ ।