१३ श्रावण २०८३, बुधबार
,
Latest
नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’ स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, नियमित बैठक बस्ने निर्णय नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा सुनसरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन पूर्वगृहमन्त्री अर्यालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएमई ग्रुपको लगानीमा नेपालमै पहिलो फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा – फोटोफिचर



अ+ अ-

काठमाडौँ । आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा आएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उद्योगको उदघाटन गर्दै सो उद्योगबाट उत्पादित फाइबर सिमेन्ट बोर्ड तथा त्यसबाट निर्माण हुने विविध उत्पादनहरूलाई औपचारिक रूपमा सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले स्वदेशमै गुणस्तरीय, वातावरणमैत्री र अत्याधुनिक प्रविधिमा आधारित उद्योगको स्थापना हुनु नेपालको औद्योगिक विकासतर्फको महत्त्वपूर्ण पाइला रहेको बताउनुभयो ।

यस्तै, स्वदेशमै गुणस्तरीय फाइबर बोर्ड उत्पादन गर्ने उद्देश्यसहित देशमै पहिलो अत्याधुनिक उद्योग सञ्चालनमा ल्याइएको समूहका अध्यक्ष चन्द्र ढकालले जानकारी दिनुभयो ।

तीन बिघामा उद्योग र एक बिघामा कच्चा पदार्थ रहने छ । अहिले ७० हजार बर्गफिट बोर्ड उत्पादन क्षमता रहेपनि बजार मागअनुसार क्षमता अभिवृद्धि गर्न सकिने बताइएको छ । उद्योगमा सन् २०२२ को चिनियाँ लेटेस्ट प्रविधिको मेसिन जडान छ ।

उद्योगको उत्पादनमा करिब ५० प्रतिशत सिमेन्ट र अरु ५० प्रतिशत फाइबर लगायत अन्य कच्चा पदार्थ प्रयोग हुने बताइएको छ । ९५ प्रतिशतभन्दा बढी स्वदेशी कच्चा पदार्थ प्रयोग हुने दाबी छ । उद्योगबाट ४ देखि ३० मिलिमिटरसम्मका सिमेन्ट फाइबर बोर्ड उत्पादन हुनेछन् । सिमेन्टमा फाइबर मिसाएर बोर्ड तयार गरिन्छ । फाइबर सिमेन्ट प्रुफ र ननवाटर प्रुफ दुबैमा उपलब्ध हुने बताइएको छ ।

अहिले बार्षिक दुई अर्बभन्दा बढीको सिमेन्ट फाईबर बोर्ड आयात हुने गरेको छ । सिमेन्ट फाइबर बोर्डको आयात प्रतिस्थापन गरि निर्यातसम्म गर्ने समूहको योजना छ । यसअघि समूहले महोत्तरीको गौशालामा करिब २ अर्ब रुपैयाँ लगानीमा ‘नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रीज’ स्थापनासँगै उत्पादन सुरु गरेको थियो ।

कागज उद्योग सञ्चालनमा ल्याएको केही महिनामै समूहले दोस्रो उत्पादनमूलक उद्योगको रुपमा एभरेष्ट फाइबर सिमेन्ट बोर्ड सञ्चालनमा ल्याएको हो ।

आइएमई ग्रुपले विगतमा विप्रेषण सेवा, बैंकिङ, बीमा, पर्यटन, जलविद्युत् र सूचना प्रविधि लगायतका क्षेत्रमा उल्लेखनीय लगानी विस्तार गरिसकेको छ ।

निर्माण व्यवसायका लागि अत्यन्त उपयोगी मानिने फाइबर सिमेन्ट बोर्डले घर, अफिस र औद्योगिक संरचनामा बहुउपयोगी सामग्रीको रुपमा स्थान बनाउने अपेक्षा गरिएको छ । वातावरणमैत्री प्रविधिको प्रयोग गर्दै सञ्चालन गरिने यो उद्योगले उच्च गुणस्तरका उत्पादनमार्फत प्रतिस्पर्धी बजारमा आफ्ना उत्पादन प्रस्तुत गर्ने योजना बनाएको छ ।