६ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु , गण्डकीमा संक्रमित ७५३ पुगे



अ+ अ-

पोखरा । कोरोना भाइरस संक्रमणका कारण गण्डकीमा थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङ्जाको सिरुबारीका ५५ वर्षीय पुरुषको गए राति निधन भएको पोखारा स्वास्थ्य विज्ञान प्रतिष्ठानले विज्ञान प्रतिष्ठानले जनाएको छ । असार ८ गते कोरना संक्रमण, गम्भीर निमोनिया तथा मधुमेह भई भेन्टिलेटरमा राखी उपचार गरिएकोमा गए राती ११ः ३५ मा निधान भएको विज्ञप्तिमा जनाइएको छ । यसअघि कोरोनाबाट वालिङका ५८ वर्षे पुरुषको निधन भइसकेको छ

थपिए ४ जिल्लामा ११ जना संक्रमित ७५३ पुगे,
गण्डकी प्रदेशमा कोरोना बिहीबार संक्रमितको संख्या ७५३ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, हेटौंडामा गरिएको परिक्षणमा ४ जिल्लामा ११ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

म्याग्दीमा ६, स्याङ्जामा १, बागलुङमा २ र नवलपुरमा थप २ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नवलपुरमा १ सय ८३, बागलुङमा १ सय ४२, स्याङ्जामा १ सय ३५, तनहुँमा ९१, पर्वतमा ६८, गोरखामा ७२ ,रहेका छन् । पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गोरखापत्र दैनिक




भर्खरै