२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वभर कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजन सिलिन्डरको कमी : डब्ल्यूएचओ



अ+ अ-

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभर कोरोना संक्रमितको संख्या वृद्धि भएपछि अक्सिजन कन्स्ट्रेटर (अक्सिजन सिलिन्डर) को कमी भएको जनाएको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडनहोम गेब्रियासेसले विका धेरै देश अक्सिजन कन्स्ट्रेटरको कमीसँग जुधिरहेको बताएका छन् । ‘यतिबेला यो मेसिनको माग आपूर्तीभन्दा बढी भएको छ’ पत्रकार सम्मेलनमा गेब्रियासेस भने ।

हरेक हप्ता १० लाख कोरोना संक्रमित थपिने गरेको बताउँदै उनले भने, ‘प्रतिदिन ८८ हजार ठूला सिलिन्डर अक्सिजन र ६।२० लाख क्यूबिक मिटर अक्सिजनको आवश्यकता परिरहेको छ ।’

यस्तै, विश्व स्वास्थ्य संगठनले हालसम्म १४ हजार अक्सिजन कन्स्ट्रेटर खरिद गरेको र केहि हप्ताभित्र १२० देशमा पठाउने योजना बनाएको गेब्रियासेस बताए । नेपाल समाचारपत्र दैनिक