२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विजय देवराकोन्डाविरुद्ध उजुरी दर्ता



अ+ अ-

एजेन्सी । अभिनेता विजय देवराकोन्डाविरुद्ध एससीरएसटी ऐन अन्तर्गत दोस्रो उजुरी दर्ता गरिएको छ ।

मे महिनामा रेट्रोको रिलिज पूर्व कार्यक्रममा उनले एक बयानमा आदिवासी समुदायविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोप छ । यसपछि, आदिवासी समितिले उनी विरुद्ध उजुरी दर्ता गरेको हो ।

आदिवासी समितिका प्रदेश अध्यक्ष नेनावता अशोक कुमार नायकले दायर गरेको उजुरीमा विजय देवरकोन्डाले फिल्म रेट्रोको रिलिज पूर्व कार्यक्रममा आपत्तिजनक टिप्पणी गरेर आदिवासी समुदायको अपमान गरेको आरोप लगाइएको छ । यो उजुरी साइबराबादको रायदुग्राम प्रहरी चौकीमा दर्ता गरिएको छ ।

मे महिनाको सुरुमा, अधिवक्ता लाल चौहानले एसआर नगर प्रहरी चौकीमा विजय विरुद्ध लिखित उजुरी दिएका थिए । उनले प्रतिलिपिमा रेट्रोको रिलीज पूर्व कार्यक्रमको भिडियोको स्क्रिनसट पनि संलग्न गरेका थिए । उजुरीमा प्रमाणको रूपमा उनको बयानमाथि मिडियाले प्रकाशित गरेका समाचारका प्रतिलिपिहरू पनि समावेश छन् ।

विजय देवरकोन्डाको भनाइ के थियो ?
विजयले मे महिनामा फिल्म रेट्रोको प्रि–रिलीज कार्यक्रममा पहलगाम आतंकवादी हमलाको बारेमा कुरा गरेका थिए । यस क्रममा उनले भने–

कश्मीरमा के भइरहेको छ भन्ने कुराको समाधान भनेको आतंककारीहरूलाई शिक्षित गर्नु र उनीहरूको ब्रेनवास भन्ने कुरा सुनिश्चित गर्नु हो । उनीहरूले के हासिल गर्नेछन् ? कश्मीर भारतको हो, कश्मीर हाम्रो हो । भारतले पाकिस्तानमाथि आक्रमण गर्नु पनि आवश्यक छैन किनभने पाकिस्तानीहरू आफैं आफ्नो सरकारबाट वाक्क भइसकेका छन् । यदि यो सबै जारी रह्यो भने, तिनीहरू आफैंले उनीहरूमाथि आक्रमण गर्नेछन् । वास्तवमा, जसरी ५०० वर्ष पहिले आदिवासीहरूले लड्थे, यी मानिसहरूले बुद्धि र समझ बिना नै त्यही काम गरिरहेका छन् ।