१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा

नेपाल चीन बीच सीमा विवाद देखाउदै लिम्पियाधुरा सीमा अतिक्रमणलाई विषयान्तर गर्ने प्रयास –सीमा अभियन्ता भण्डारी

नेपाल चीन बीच सीमा विवाद देखाउदै लिम्पियाधुरा सीमा अतिक्रमणलाई विषयान्तर गर्ने प्रयास –सीमा अभियन्ता भण्डारी
अ अ+ अ-

यतिबेला नेपाल चीनबीच सीमा विवाद रहेको भन्दै लिम्पियाधुरा सीमा अतिक्रमणलाई विषयान्तर गर्ने प्रयास भएको छ । ूसीमासम्बन्धी प्रमाण खोज्ने सरकारी समितिूका सदस्य रमेश ढुंगेल नै २०१७ सालसम्म नेपालकै रहेको गोरखाको रुई र तेघागाउँ विना सम्झौता फँसेर तिब्बततिर परेको भन्दै बोलिरहेका छन् । नेपाल चीनबीच बिगतमा भएका सीमा सन्धि सम्झौताको अध्ययन नै नगरी नेपाली काँग्रेसका केही सांसदहरुले त यस विषयमा संसदमा संकल्प प्रस्ताव दर्ता गराएछन् ।

जबकि नेपाल र चीनबीच सन् १९६० मार्च २१ मा भएको सीमा सम्झौताअनुसार संयुक्त सीमा समितिको गठन भई सन् १९६१ अक्टोबर ५ (२०१८ असोज १९) मा नेपाल र चीन बीच सीमा सन्धिमा हस्ताक्षर भएको थियो । सन् १९६१–६२ बीच नेपाल र चीनले संयुक्तरूपमा स्थलगत सीमांकन सम्पन्न गरेका थिए । नेपाल चीन सीमांकनका बेला टिंकर, मुस्तांग, लांगटांग, रालमु, नारा भंन्ज्यांग, थुदाम, लिमि, यांगरा हिमाल, किमाथांका क्षेत्रलगायत ३२ स्थानमा देखिएको विवाद दुबै देशले आपसी समझदारी र पंचशील सिद्धान्तअनुसार २ वर्ष ९ महीनामा टुंग्याइएका थिए ।

यसरी विवाद मिलाउने क्रममा दुबै देशले जमीन सट्टापट्टा गरेका थिए । सो क्रममा केही नेपाली गाउँ चीनतिर र केही चिनियाँ गाउँ नेपालतिर परेका थिए । त्यसरी गाउँ साटासाट हुँदा दुबै देशतिर परेका एक अर्को देशका नागरिकलाई नागरिकता दिने सम्बन्धमा १९६२ अगष्ट १४ (वि.सं. २०१९ साउन ३०) गते सम्झौता भएको थियो । सो क्रममा नेपाल र चीनले केही भूमि साटासाट गरेका थिए ।

नागरिकता सम्झौताअनुसार एक पक्षबाट अर्को पक्षलाई सुम्पने ठाउँका बासिन्दाहरुले ती इलाका सुपर्दगीपछि जुन देशमा पर्दछन् त्यस देशका नागरिक मानिने सहमति भएको थियो । ती इलाकाका कुनै पनि बासिन्दा जो ती इलाका पर्ने देशको नागरिक हुन चाहँदैनन् तिनीहरुले सम्झौता भएको एक वर्षभित्र आफनो साबिकको नागरिकता कायम राख्न सक्ने वा अर्को देशमा बसाइ सर्न सक्नेछन भनिएको थियो । नागरिकता रोज्ने अधिकार ती बासिन्दाले सम्बन्धित देशका स्थानीय अधिकारी सामु आफै उपस्थित हुनुपर्ने व्यवस्था गरिएको थियो । नेपाल र चीनबीच सीमा व्यवस्थापन, सीमास्तम्भ मर्मतसम्भारका लागि सन १९६३, १९७९ र १९८८ मा सीमा प्रोटोकल नवीकरण भएको थियो ।

नेपाल र चीनबीच सीमा विवाद छैन । विगतमा देखिएको विवाद आपसी समझदारीका आधारमा ६० वर्ष अघि नै मिलाइएको अवस्था हो । नापी विभागका अधिकारीहरुले नै यस अघि नेपाल चीनबीच सीमा समस्या नरहेको र खाली दोलखाको लामाबगरमा ५७ नं. को सीमा स्तम्भ नेपालतिर परेका कारण कोर्लांगपारि टिप्पाबारे देखिएको समस्या आपसी समझदारीबाट सुल्झाउने प्रयास भइरहेको बताइरहेका छन् । तर २०१८ सालको सीमा सन्धिले विवाद निरुपण भइसकेको विषय यतिबेला उछाल्ने काम किन भइरहेको होला ?