२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानले भन्यो – अमेरिकाको आक्रमणको जवाफ दिनेछौँ



अ+ अ-

एजेन्सी । इजरायल र इरानबीच जारी द्वन्द्वको आज १० औं दिन हो । अमेरिकास्थित मानव अधिकारकर्मी समाचार एजेन्सीका अनुसार जुन १३ देखि इरानमा ६५७ जनाको मृत्यु भएको छ भने २००० भन्दा बढी घाइते भएका छन् ।

यद्यपि, इरानको स्वास्थ्य मन्त्रालयले ४३० जना सर्वसाधारणको मात्र मृत्यु भएको र ३,५०० जना घाइते भएको पुष्टि गरेको छ । अर्कोतर्फ, इजरायलमा जुन २१ सम्म २४ जनाको मृत्यु भएको छ भने ९०० भन्दा बढी घाइते भएका छन् ।

यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराक्चीले अमेरिकाले शक्ति र धम्कीको भाषा मात्र बुझेको बताउँदै अन्तर्राष्ट्रिय कानूनको वास्ता नगरेको आरोप लगाए ।

इरानमाथि आक्रमण गरेर अमेरिकाले आफ्नो उद्देश्यमा सफल हुन नसके पनि यस आक्रमणलाई बेवास्ता गर्ने नगर्ने चेतावनी दिउँदै उनले यसको जवाफ दिने बताए ।

अराक्चीले भने कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई मात्र धोका दिएका छैनन् तर आफ्नै देशका जनतालाई पनि धोका दिएका छन् ।

इरानले पहिले पनि पश्चिमी देशहरूलाई विश्वास नगरेको जनाउँदै अब उनीहरूलाई विश्वास नगर्ने कारण बढेको बताए ।