१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरमा लुकाई राखेको बम बिष्फोट हुँदा, दुवै हातका औंला चुडिए



अ+ अ-

इलाम । इलामको देउमाई नगरपालिका ४ का दिलबहादुर श्रेष्ठले घरमा लुकाई राखेको बम फिष्फोट हुँदा उनका छोरा मौषम श्रेष्ठ गम्भीर घाईते भएका छन् । बिहीबार राती देउमाई नगरपालिका-४ का दिलबहादुर श्रेष्ठले द्वन्द्वकालका समयदेखि लुकाई राखेको सकेट बम उहाका २५ बर्षीय छोरा मौषमले झिकेर खेलाउने क्रममा बिष्फोट भएको हो । उनले खेलाउदै गरेको बम बिष्फोट हुँदा मौषका दुवै हातका औंला चुडीएको र आँखामा पनि समस्या रहेको इलाका प्रहरी कार्यालय मंगलबारेका इन्सपेक्टर राजकिसोर शाहले जानकारी दिए ।

तत्कालीन बिद्रोही माओवादी र सेना बिच स्थानीय देविडाँडामा भिडन्त हुँदा छोडेको बम श्रेष्ठले भेटाए पछि घरमा लगेर लुकाई राखेको इन्सपेक्टर शाहले जानकारी दिए । उनलाई बम भन्ने थाहा नहुँदा घटना भएको प्रहरीले जनाएको छ । घाईते मौषमलाई उपचारका लागि झापाको बीएन्डसी अस्पताल लगिएको छ । काठमाडौंमा फर्निचरको काम गर्दै आएका मौषम भएको लकडाउनका कारण घर आएको प्रहरीले जनाएको छ । राजधानी दैनिक