६ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरमा लुकाई राखेको बम बिष्फोट हुँदा, दुवै हातका औंला चुडिए



अ+ अ-

इलाम । इलामको देउमाई नगरपालिका ४ का दिलबहादुर श्रेष्ठले घरमा लुकाई राखेको बम फिष्फोट हुँदा उनका छोरा मौषम श्रेष्ठ गम्भीर घाईते भएका छन् । बिहीबार राती देउमाई नगरपालिका-४ का दिलबहादुर श्रेष्ठले द्वन्द्वकालका समयदेखि लुकाई राखेको सकेट बम उहाका २५ बर्षीय छोरा मौषमले झिकेर खेलाउने क्रममा बिष्फोट भएको हो । उनले खेलाउदै गरेको बम बिष्फोट हुँदा मौषका दुवै हातका औंला चुडीएको र आँखामा पनि समस्या रहेको इलाका प्रहरी कार्यालय मंगलबारेका इन्सपेक्टर राजकिसोर शाहले जानकारी दिए ।

तत्कालीन बिद्रोही माओवादी र सेना बिच स्थानीय देविडाँडामा भिडन्त हुँदा छोडेको बम श्रेष्ठले भेटाए पछि घरमा लगेर लुकाई राखेको इन्सपेक्टर शाहले जानकारी दिए । उनलाई बम भन्ने थाहा नहुँदा घटना भएको प्रहरीले जनाएको छ । घाईते मौषमलाई उपचारका लागि झापाको बीएन्डसी अस्पताल लगिएको छ । काठमाडौंमा फर्निचरको काम गर्दै आएका मौषम भएको लकडाउनका कारण घर आएको प्रहरीले जनाएको छ । राजधानी दैनिक




भर्खरै