२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौतले दरबारको पुनर्निर्माण अन्तिम चरणमा



अ+ अ-

काठमाडौँ । ऐतिहासिक, पुरातात्त्विक महत्त्वको विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुरको नौतले दरबारको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । सो दरबार २०७२ सालमा गएको भूकम्पले क्षतिग्रस्त भएको थियो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुनर्निर्माण भइरहेको उक्त दरबारको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको पुरातìव विभागले जनाएको छ ।
पुरातत्व विभागका प्रमुख पुरातìव अधिकृत तथा प्रवक्ता रामबहादुर कुँवरले वसन्तपुरको नौतले दरबारको पुनर्निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको जानकारी दिए । उनले ने, ‘‘दरबारको नौ तलामध्ये आठ तलाको काम सम्पन्न भइसकेको छ, अन्तिम तलाको छानाको काम मात्रा बाँकी छ, उक्त काम पनि अब अन्तिम चरणमा छ ।’’

चालू आर्थिक वर्षभित्रमा नै पुनर्निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेकोमा कोरोना महामारी र बन्दाबन्दीका कारण सो लक्ष्य पूरा हुन नसकेको उनले स्पष्ट पारे। उनका अनुसार कोरोनाका कारण चिनियाँ प्राविधिक स्वदेश फर्किसकेका छन् । केही चिनियाँ कामदारले काम गरिरहेका छन् । कोरोना महामारी सामान्य भएसँग सम्पूर्ण चिनियाँ जनशक्ति नेपाल आउने र बाँकी काम सम्पन्न हुने उनले स्पष्ट पारे । दरबारको पुनर्निर्माण पूर्ण रूपमा पुरानो शैलीमा भइरहेको छ । दरबारको भित्तामा माटो, गोबर र भुसबाट निर्मित लिउन लगाउनुका साथै फलामे डण्डीको खट बाँधी दरबारको पुनर्निर्माण गरिँदैछ । माटोको जोडाइमा निर्माण गरिएको नौतले दरबार अहिले चुना र सुर्कीबाट बनेको बज्रबाट पुनर्निर्माण गरिँदैछ । पुनर्निर्माणको क्रममा भूकम्पबाट क्षतिग्रस्त भत्काउने र निर्माण गर्ने कार्य एकसाथ सुरु गरिएको छ ।

हनुमान ढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक अरुणा नकर्मीले नौतले दरबार निर्माणको मुख्य काम सम्पन्न भइसकेको बताउँदै अहिले ‘फिनिसिङ’ को काम भइरहेको जानकारी दिए। उनका अनुसार मसिना केही काम बाँकी छन् । दरबारको नौतलामा राखिएको गजुरमा सुन वा अन्य कुन धातुको जलप लगाउने भन्ने विषयमा छलफल भइरहेको छ । गोरखापत्र दैनिक