६ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

पन्ध्र सय मेगावाट विद्युत् थप हुन्छ : मन्त्री पुन



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा थप एक हजार पाँच सय मेगावाट विद्युत् उत्पादन हुने बताएका छन् । विश्व बैङ्कले आयोजना गरेको ‘भर्चुअल हाइड्रोपावर सम्मेलन’ लाई सम्बोधन गर्र्दै मन्त्री पुनले कोभिड–१९ का कारण ४५६ मेगावाटको माथिल्लो तामाकोसीलगायत निर्माणाधीन केही आयोजनाको विद्युत् उत्पादनमा केही ढिलाइ भए पनि काम भने नरोकिएको र आगामी वर्ष ती आयोजना बनिसक्ने बताए ।

महामारीकै बीचमा पनि हामीले मुख्य आर्थिक गतिविधि र जलविद्युत् आयोजनाका काम निरन्तर गरेका छौँ, मन्त्री पुनले भने, “आगामी आर्थिक वर्षमा एक हजार पाँच सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने छ ।” आगामी सन् २०२८ सम्ममा नेपालको कुल विद्युत् जडित क्षमता १५ हजार मेगावाट पु¥याउने लक्ष्य निर्धारण गरिएको उनको भनाइ थियो । मन्त्री पुनले नेपालले ‘रन अफ द रिभर’, जलाशय युक्त आयोजना तथा सौर्य ऊर्जा प्रवद्र्धनलाई उच्च प्राथमिकताका साथ अघि बढाएको भन्दै त्यसका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी रहेको धारणा राखे । उनले जलविद्युत्मा आन्तरिक तथा बाह्य लगानी आकर्षित गर्नका लागि १० वर्षसम्म आयकरमा पूर्ण छुट, अर्को १० वर्ष ५० प्रतिशत छुट तथा मूल्य अभिवृद्धि करमा सहुलियतको नीति लिएको उनले बताए ।

सहज लगानीका लागि कानुनी व्यवस्थामै सरलीकरण गरिएको चर्चा गर्दै मन्त्री पुनले अन्तर्राष्ट्रिय लगानीकर्ताले एकल वा संयुक्त लगानीको मोडलमा विद्युत् आयोजना निर्माण गर्न सक्ने स्पष्ट गरे ।
‘हामीले जलविद्युत्मा अन्तर्राष्ट्रिय लगानीलाई स्वागत गर्न सजिलो र व्यावहारिक नीति लिएका छौँ,” उनले भने, “विदेशी कम्पनीले एकल वा संयुक्त रूपमा लगानी गर्न सक्नेछन् ।” नेपालले आफ्ना नीतिमार्फत दिगो र नवीकरणीय ऊर्जालाई प्राथमिकता दिएको भन्दै मन्त्री पुनले ऊर्जा विकासका लागि जलविद्युत् नै उत्तम विकल्प भएको विचार व्यक्त गरे। गोरखापत्र दैनिक




भर्खरै