१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन रास्वपा सचिवालय बैठक बस्दै उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपेन्द्र यादवलाई प्रदीप यादवको चुनौतिः मन्त्री भएर मेरो क्षेत्रमा कहाँ बजेट लगेको छ, देखाइदिनूस्



अ+ अ-

ललितपुर । खानेपानीमन्त्री एवं जनता समाजवादी पार्टीका नेता प्रदीप यादवले मन्त्रीको क्षेत्रमा मात्रै धेरै बजेट विनियोजन गरेको कुरा सत्य नरहेको बताउनुभएको छ ।

ललितपुरमा आयोजित पार्टीको संघीय परिषद्को प्रथम बैठकमा बोल्दै उहाँले मन्त्रीले आफ्नो क्षेत्रमा मात्रै बजेट विनियोजन ग¥यो भन्ने आरोप प्रमाािण्त गरेर देखाउन चुनौति दिनुभएको हो ।

उहाँले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले यसबारेमा विभिन्न भ्रम फिँजाउनुभएको भन्दै अहिलेको बजेट ऐतिहासिक रहेको बताउनु भयो । अध्यक्ष यादव सधैँ आफूमात्रै मन्त्री बन्न खोजिरहने व्यक्ति भएको बताउनु भयो ।

मन्त्री यादवले भन्नुभयो, ‘यहाँ धेरै लालपूर्जाकरहरु नेता हुनुहुन्छ । एक जना संघीय पार्टीमा काम गरेका थियौँ । अलग भए । एकदिन प्रेस मिट गरिराख्नुभएको थियो । माननीय मन्त्रीहरुले सत्रमुखी बजेट बनायो । जिल्लामा सबै पैसा लग्यो । आफू बिना मन्त्री कहिल्यै नरहने, जहिले पनि सरकारमा जाँदा आफू नै मन्त्री जाने, प्रश्ताव आउँदा प्रचण्डजीले त मलाई खोजिरहनुभएको छ, ओलीको सरकार हुँदा ओलीजीले मलाई खोज्नुभएछ, शेरबहादुर देउवाजीको सरकार हुँदो शेरबहादुर देउवाजीले मलाई खोज्नुभएछ । एउटै व्यक्ति होला उपेन्द्र यादव, अरु कोही नहोला । उहाँले सबै मन्त्रीहरुले आफूकेन्द्रित बजेट बनाएछन्, यो त बजेट नै राम्रो छैन । जब की यसपालिको सरकारले बनाएको बजेट ऐतिहासिक छ । सिंचाई होस्, किसान, व्यवसायी, युवा, उद्योगीको कुरा होस् । सबैलाई समेट्ने बजेट । उहाँले मन्त्रीमुखी बजेट भन्नुभयो । म उहाँलाई चुनौति दिन चाहन्छु, मन्त्री म पनि छु, रेडबुक हेर्नुस् । प्रदीप यादवको क्षेत्रमा मैले कहाँ बजेट लगेको छु देखाइदिनुस् । म तपाईंलाई चुनौति दिन चाहन्छु । मैले आफ्नो क्षेत्रमा बजेट लगेको छैन ।’

मन्त्री यादवले अध्यक्ष यादवले अहिलेको सरकारले ल्याएको बजेट, सिंचाई, कृषि, व्यवसायी, युवा, उद्यमीहरु सबैलाई समेटेर ल्याएको बताउनु भयो ।