११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

अवसरका लागि विश्वभरमै श्रमिकहरु भौँतारिरहेका छन्ः श्रममन्त्री भण्डारी

अवसरका लागि विश्वभरमै श्रमिकहरु भौँतारिरहेका छन्ः श्रममन्त्री भण्डारी
अ अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आ–आफ्नो अवसरका लागि नेपाली श्रमिकमात्र नभई संसारका श्रमिक भौँतारिइरहेको बताउनुभएको छ ।

शुक्रवार श्रम, आप्रवासन, लैङ्गिक र जलवायु परिवर्तनसम्बन्धी बहुसरोकारवालासँगको छलफलमा मन्त्री भण्डारीले अवसरसँगै आफू र आफ्ना सन्तानको भविष्यका लागि आन्तरिकदेखि अन्तर्राष्ट्रिय आप्रवासनसम्मको अवस्था सिर्जना भएको बताउनुभएको हो ।

उहाँले पूरै गाउँ खालि रहेको र देश खालि भएको भन्दै नेपालमा केही छैन भन्ने भास्य निर्माण गरिएको बताउनु भयो । विगत पाँच वर्षमा ६० लाख नेपाली विदेशिएको र ५० लाख स्वदेश फर्किएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको बताउनु भयो । मन्त्री भण्डारीले नेपालमा गाउँघर खाली के कारणले भए, के कारणले खाली भए र कसरी फर्काएर गाउँमा नै लिएर जाने भन्ने विषयमा इमान्दारितापूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको श्रम संसारको विषयमा कुरा गरिरहेका छौं । श्रम बजार ठूलो छ, यो नेपालसँगमात्र सम्बन्धित विषय होइन । विश्वभरका मानिसहरु महिला पुरुष सबै आआफ्ना किसिमका अवसरका लागि संसारभर भौँतारिएको अवस्था छ । सबैलाई राम्रो लाउने खाने अथवा अवसर प्राप्तिसँगै छोराछोरीलाई राम्रो शिक्षा दिने चाहनाको आशमा मानिसहरु संसारभरि घुमि नै रहेका हुन्छन् । आप्रवासन भनेको आन्तरिकदेखि अन्तर्राष्ट्रिय आप्रवासनसम्म हुन्छ । हरेक मुलुकका आआफ्नो परिस्थिति हुन्छन्, नेपाल पनि एउटा परिस्थितिबाट गुज्रिरहेको छ । धेरै मुलुकहरु धेरै पहिले गुज्रिएका थिए अहिले हामी गुज्रिरहेका छौं । केही कुराहरु अत्यन्त इमान्दारितापूर्वक चिरफार गरेर अगाडि बढ्नुपर्ने छ । यसलाई हामी घाँटीमाथिको मात्र विषय बनाएर हुँदैन, त्यसलाई भित्रसम्मको विषय बनाएर हामीले काम गर्नसक्नु पर्नेछ । केही तितो यथार्थपनि सम्झनुपर्ने हुन्छ र त्यसलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ । नेपालमा विशेषगरी गाउँ खाली हुने प्रक्रिया कहिलेदेखि सुरु भयो र कसरी सुरु भयो ? त्यसको कारण अहिले हामीले कुरा गरिरहेका छौं जलवायु परिवर्तनले प्रत्यक्षरुपमा असर पारेको छ ।’

‘जलवायु परिवर्तनको प्रत्यक्ष असर अहिले भोगिरहेको छ नेपालले त्यसकारण त्यसको असर मानवजातीमा परिरहेको छ । केही विषय हामी आफैंले उब्जाएका पनि छौं । हामी लामो समय विभिन्न किसिमका आन्दोलन र द्वन्दबाट यो अवस्थामा आइपुगेका छौं । यसको असरबारे हामीले इमान्दारितपूर्वक सोच्नुपर्ने भएको छ । अहिले एक किसिमको भास्य निर्माण गरिएको छ– पुरै गाउँ खालि भएको छ, देशै खालि भएको छ, सबै बाहिर गइरहेका छन् कहिँ केही छैन भनिएको छ । वैदेशिक रोजगार विभागको डाटाबाट पनि विगत पाँच वर्षमा ६० लाख नेपाली विदेशिएको र ५० लाख स्वदेश फर्किएको अवस्था छ । यो परिस्थिति जुन छ यसलाई निश्चितरुपमा आँकडाबाट पुष्ट्याई गर्नुपर्ने अवस्था छ । र, अर्को विषयवस्तु भनेको नेपालमा गाउँ खाली भएका छन्, कहिलेदेखि खाली भाको हो र के कारणले खाली भए, कसरी फर्काएर लिएर जाने यो विषयमा पनि इमान्दारितापूर्वक काम गर्नुपर्छ । सरकार र व्यवस्थामात्र कुरालाई जोडर हुँदैन, यसका पछाडिका कारणहरुलाई हामीले केही देखिएका विषयहरुमात्र जोडेर नभई नदेखिएका विषयसमेत धेरै रहेका छन् । तर, महत्वपूर्ण विषय भनेको अर्थतन्त्र नै हो ।’

उहाँले देखिएका विषयमात्र जोडेर नभई नदेखिएका कारणहरुमा समेत इमान्दारितापूर्वक काम गरेर गाउँ बस्तीमा मानिसहरु फर्काउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।