२९ असार २०८३, सोमबार
,
Latest
२१३औँ भानु जयन्तीमा सभामुख अर्यालद्वारा आदिकवि भानुभक्तप्रति श्रद्धाञ्जली भिक्षु विद्यार्थीमाथि कुटपिटको आरोपपछि निष्पक्ष छानबिन र कारबाहीको माग डोलेश्वरमा श्रावणी मेलाको तयारी पूराः तीन लाख भक्तजन आउने अनुमान जाजरकोटमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु, दुई घाइते कञ्चनपुर गोबरग्यास ‘प्लान्ट’ जडान परिवर्तनको भ्रमबाट देश बदलिदैन : महासचिव पोखरेल पटक बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने भानु जयन्तीमा पूर्वराष्ट्रपति भण्डारीको आह्वान : भाषा, साहित्य र संस्कृतिको संरक्षणमा प्रतिबद्ध बनौँ यसरी मनाईयो आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती- फोटो फिचर रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाउद्वारमा खेलमैदान निर्माण



अ+ अ-

न्यूजपोलार ए.आई.

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा खेलमैदान निर्माण

२१ लाख ५० हजार बजेटबाट पाखोबारी सम्माएर ८५ मिटर लम्बाई र ३० मिटर चौडाइको खेलमैदान निर्माण

छ लाख ६० हजार मूल्यबराबरको थप तीन रोपनी जग्गा खरिद

पाउद्वारका १३५ घरपरिवारले एक/एक दिनका दरले श्रमदान

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा खेलमैदान निर्माण भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको सहयोगमा खयरभारानी युवा क्लवले पाउद्धारमा खेलमैदान निर्माण भएको हो । उपभोक्ता समितिका सचिव भविन पाइजाले पाखोबारी सम्माएर खेलमैदान निर्माण गरिएको जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको रु २१ लाख ५० हजार बजेटबाट पाखोबारी सम्माएर ८५ मिटर लम्बाई र ३० मिटर चौडाइको खेलमैदान निर्माण गरिएको जानकारी दिनुभयो । “विद्यालयको खेलमैदानमा खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्दा पठनपाठन समस्या भएपछि नयाँ ठाउँमा जग्गा खोजेर खेलमैदान निर्माण गरिएको हो,” उहाँले भन्नुभयो “पोखोबारी सम्माएर खेलमैदान बनाएका हौँ ।”

डोजर परिचालन गरेर सम्माइएको खेलमैदानको डिलतर्फ ग्यावीयन पर्खाल निर्माण र बल छेक्न तारजाली निर्माण गरिएको छ । खेलमैदान निर्माण गर्न स्थानीय रामकृष्९ा तिलिजाले रु दुई लाख २० हजार बराबरको एक आना जग्गा दान गर्नुभएको छ । रु छ लाख ६० हजार मूल्यबराबरको थप तीन रोपनी जग्गा खरिद गरिएको थियो ।

खेलमैदान निर्माणका लागि पाउद्वारका १३५ घरपरिवारले एक/एक दिनका दरले श्रमदान गर्नुभएको छ । क्लवमा आवद्ध युवाले पनि योजना निर्माणमा श्रमदान गर्नुभएको छ । खेलमैदानमा स्टेज, प्याराफिट, सार्वजनिक शौचालयलगायतका पूूर्वाधार तयार गर्न बाँकी छन् ।

खेलमैदान निर्माण भएपछि पाउद्धारका युवा युवतिलाई खेलअभ्यास गर्न र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । रासस