१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद

कञ्चनपुर गोबरग्यास ‘प्लान्ट’ जडान

कञ्चनपुर गोबरग्यास ‘प्लान्ट’ जडान
अ अ+ अ-

काठमाडौं । स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने उद्देश्यले बेलौरी नगरपालिकाले चालु आबमा २५० घरधुरीमा गोबरग्यास ‘प्लान्ट’ जडान गरेको छ ।

दाउरासँगै एलपी ग्यासको खपत घटाउनुका साथै वातावरण संरक्षण, स्वास्थ्य सुधारमा टेवा पु¥याउनका लागि गोबरग्याँस प्लान्ट जडान गरिएका हुन् ।

नगर उपप्रमुख जोगराम चौधरीका अनुसार गोबरग्यास प्लान्ट जडानका लागि कूल लागतको १४ प्रतिशत रकम नगरपालिकाले, १३ दशमलव ६६ प्रतिशत लाभग्राहीले र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७६ प्रतिशत सहयोगमा व्यवस्थापन गरिएको छ ।

अनुदान कार्यक्रमअन्तर्गत पशुपालन गर्ने किसानलाई प्राथमिकतामा राखेर गोबरग्यास प्लान्ट जडान गरिएका हुन् । नगरपालिकाले उपलव्ध गराएको तथ्याङ्कअनुसार वडा नं १० मा ७०, वडा नं १ मा ३८, वडा नं ५ मा २८ र वडा नं ७ मा १९, वडा नं ४ मा ११, वडा नं ८ मा १०, वडा नं २ मा चार, वडा नं ३ मा एक, वडा नं ६ मा तीन, वडा नं ९ मा तीन वटा गोरबग्याँस प्लान्ट जडान गरिएका छन् । गत वर्ष वडा नं ५ मा २८ वटा गोबरग्याँस प्लान्ट जडान गरिएको थियो ।

गोबरग्याँस प्लान्ट जडान गरेका केही किसानले त्यससँगै सौचालय पनि जडान गरेका छन् । सौचालय भने किसानले आफ्नै लगानीमा जडान गरेको उपप्रमुख चौधरीको भनाइ रहेको छ ।

“गोबरग्यासले खाना पकाउन आवश्यक स्वच्छ इन्धन उपलब्ध गराउने भएकाले वनबाट दाउरा सङ्कलन गर्ने क्रममा कमी आउँछ”, उहाँले भन्नुभयो, “यसले वन संरक्षणमा सहयोग पुग्नुका साथै महिलाले दाउरा सङ्कलनमा खर्चिने समयको बचत हुने, धुवाँरहित चुलोमा खाना पकाउँदा आँखा पोल्ने, श्वासप्रश्वाससम्बन्धी समस्या तथा अन्य स्वास्थ्य जोखिमसमेत कमी हुन्छ ।”

गोबरग्यास प्लान्टबाट निस्कने जैविक मल रासायनिक मलको उत्कृष्ट विकल्पका रूपमा प्रयोग हुने भएकाले तरकारी, फलफूल तथा खाद्यान्न उत्पादनमा समेत वृद्धि हुने उहाँको भनाइ रहेको छ ।

यसले माटोको उर्वराशक्ति कायम राख्न, रासायनिक मलको प्रयोग घटाउन तथा कृषि उत्पादन बढाउन सहयोग पुरयाउने कृषि विकास शाखाका प्राविधिक हरिश सेठीले बताउनुभयो ।

“गोबरग्यास नवीकरणीय र वातावरणमैत्री ऊर्जा स्रोत हो”, उहाँले भन्नुभयो, “यसले दाउराको प्रयोग घटाएर वन विनाश न्यूनीकरण गर्नुका साथै हरितगृह ग्यास उत्सर्जन कम गर्न महत्वपूर्ण योगदान पु¥याउँछ, गोबर र अन्य जैविक फोहोरको उचित व्यवस्थापन हुने भएकाले घरको सरसफाइमा समेत सुधार आउने गर्दछ ।”

बेलौरी नगरपालिकाले आगामी आवमा पनि पशुपालन गर्ने थप घरधुरीमा गोबरग्यास प्लान्ट विस्तार गर्ने योजना अघि सारेको छ ।