२३ भाद्र २०८३, मंगलवार
,
Latest
आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिक्षु विद्यार्थीमाथि कुटपिटको आरोपपछि निष्पक्ष छानबिन र कारबाहीको माग



अ+ अ-

काठमाडौं । स्वयम्भूस्थित खुवालुङ मन्टेश्वरी स्कुलमा अध्ययनरत एक भिक्षु विद्यार्थीमाथि शिक्षिका सोना राना मगरले कुटपिट गरेको भनिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाप्रति व्यापक चासो र विरोध व्यक्त गरिएको छ।

भिडियो सार्वजनिक भएसँगै बालअधिकारकर्मी, अभिभावक तथा सर्वसाधारणले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र आरोप पुष्टि भए दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

नेपालको कानुन तथा बालअधिकारसम्बन्धी व्यवस्थाअनुसार विद्यालय वा अन्य कुनै स्थानमा बालबालिकामाथि शारीरिक वा मानसिक हिंसा निषेध छ। शिक्षा प्रदान गर्ने स्थान बालमैत्री, सुरक्षित र सम्मानजनक हुनुपर्नेमा जोड दिँदै सरोकारवालाले यस्ता घटनाले विद्यालयप्रतिको विश्वासमा गम्भीर असर पर्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

घटनाबारे सम्बन्धित निकायले तथ्यका आधारमा शीघ्र छानबिन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुपर्ने माग उठिरहेको छ। साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै शैक्षिक संस्थामा बाल संरक्षण नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।