१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद

डोलेश्वरमा श्रावणी मेलाको तयारी पूराः तीन लाख भक्तजन आउने अनुमान

डोलेश्वरमा श्रावणी मेलाको तयारी पूराः तीन लाख भक्तजन आउने अनुमान
डोलेश्वर मन्दिर।
अ अ+ अ-

काठमाडौं । प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा एक महिने श्रावणी मेलाको तयारी पूरा भएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वरमा ३८ दिनसम्म चल्ने श्रावणी मेलाको सम्पूर्ण तयारी पूरा भएको महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले राससलाई जानकारी दिनुभयो । मेला अव्धिभर तीन लाखबढी भक्तजन आउने अनुमान गरिएकाले सोहीअनुसारको व्यवस्थापन मिलाइएको छ ।

मेलामा शनिबार र सोमबार दर्शनार्थीको अत्यधिक घुइँचो लाग्ने तथा यसपटक भारतीय धार्मिक पर्यटकको सङ्ख्या वृद्धि हुने अनुमान गरिएको छ । मेलाभर एक महिनाको अवधिमा यस पटक रु एक करोड भेटी सङ्कलन हुने पूर्वानुमान गरिएको छ ।

मेलामा आउने दर्शनार्थीको स्वास्थ्यलाई ध्यानमा राखी मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो । मेलालाई व्यवस्थित र सुरक्षित तुल्याउन सिसी क्यामरा जडान, लाइन व्यवस्थापनका लागि स्वयंसेवक परिचालन, यातायातका सवारीसाधन व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो ।

केही वर्षयता डोलश्वर महादेव मन्दिरमा भारतीय पर्यटकको आगमनमा वृद्धि भएसँगै त्यस मन्दिर र श्रावणी मेलाको धार्मिक महत्वबारे अन्तरराष्ट्रियरुपमा समेत चर्चा हुन थालेको छ । समितिका महासचिव हरिशरण बस्नेतले मेलामा प्रत्येक सोमबार र शनिबार धार्मिक गुरुबाट धार्मिक प्रवचन तथा दैनिक रुपमा भजनकीर्तन हुनेछ ।