६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकटक स्टार खाबी लेमलाई किन गर्‍यो अमेरिकाले देशनिकाला ?



अ+ अ-

काठमाडौँ । टिकटकमा विश्वमै सबैभन्दा धेरै फलोअर्स भएका टिकटकस्टार खाबी लेमलाई तत्काल अमेरिका छाड्न आदेश दिएको छ ।

अमेरिकी सरकारले लामेलाई ‘स्वेच्‍छिक देशनिकाला’ अर्थात ‘भोलुन्टरी डिपोर्टेसन’ मा पठाएको हो ।

नेभाडाको लास भेगासमा रहेका बेला २५ वर्षीय लेमलाई अमेरिकी अध्यागमन तथा भिसासम्बन्धी समस्याका कारण तत्काल अमेरिका छाड्न लगाइएको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

लेम जुन ६ मा लास भेगासस्थित ह्यारी रीड अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाको भिसा अवधि नाघेको आरोपमा यूएस इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईसीई) द्वारा केही समयका लागि हिरासतमा परेका थिए ।

अमेरिकी अध्यागमनले लेम आफ्नो भिसा अवधिभन्दा बढी समय अमेरिकामा बसेको भन्दै उनलाई ‘स्वेच्छिक प्रस्थान’ को अनुमति दिएको पुष्टि गरेको छ ।

सेनेगलमा जन्मिएका र इटलीमा हुर्केका लामेलाई पक्राउ गरिएका समाचारहरू बाहिर आएको भए पनि अमेरिकी अध्यागमनले उनलाई केही समयको लागि हिरासतमा लिइएको र उनले स्वेच्‍छिक रूपमा देश छाडेको उल्लेख गरेका छन् ।

एक कारखानामा मजदुरका रूपमा काम गर्ने लेमले कोभिड–१९ महामारीका कारण जागिर गुमाएपछि मार्च २०२० मा टिकटक चलाउन सुरु गरेका थिए ।

लेमले अन्य मानिसले गरेको कुनै कार्यलाई तुलना गर्दै यस कार्यलाई कसरी सहजै गराउने भन्ने विषयलाई जोडेर आफ्नु भिडियो देखाउने गरेका छन् । बिनाकारण जटिल बनाएका छन् भनेर लेमले देखाउने गरेका छन् । तर भिडिओमा उनी बोल्दैनन् ।

उनको अनुहारको नाटकीय भावलाई देखेर मानिसहरूलाई रमाइलो मान्छन् अनि त्यो रमाइलो भएको कुरा थाहा पाउन कुनै भाषा जान्नुपर्दैन भन्ने पनि उनको भिडियोबाट झल्किन्छ ।