२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमपाल र गुलशनले टी–२०आई शृंखला गुमाउने



अ+ अ-

काठमाडौँ । स्कटल्याण्डमा जारी आईसीसी विश्वकप लिग २ एकदिवसीय श्रृंखलामा सहभागिता जनाइरहेका सोमपाल कामी र गुलशन झाले चोटका कारण बाँकी खेलहरू गुमाउने भएका छन् ।

प्रशिक्षण सत्रका क्रममा उनीहरु घाइते भएपछि लिग २ मा अहिले जारी नेदरल्याण्ड्ससँगको ओडिआई र त्यसपछि सुरु हुने टी२०आई शृंखला गुमाउने भएका हुन् ।

सोमपालको दायाँ हातमा र गुलशनको घुँडामा चोट लागेको नेपाल क्रिकेट (संघ)ले जनाएको छ ।

चिकित्सकको परामर्शअनुसार दुवै खेलाडी तत्काल उपचार तथा आराममा रहनेछन् । दुबै खेलाडीले हाल भइरहेको लिग २ मा नेपालका लागि राम्रो प्रदर्शन गरेका थिए ।

सोमपालले यसअघिको खेलमा ब्याटबाट शानदार ६७ रन बनाउँदै जितको नजिक पुर्‍याएपनि नेपाल २ रनले हार्न पुगेको थियो भने गुलशनले पहिलो खेलमा करण केसीसँग साझेदारी गर्दै नेपालको कीर्तिमानी जितमा महत्वपूर्ण प्रदर्शन गरेका थिए ।




भर्खरै