११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

ब्याजदर घट्दा पुँजी पलायनको खतरा बढ्योः वरिष्ठ उपाध्यक्ष उपाध्याय

ब्याजदर घट्दा पुँजी पलायनको खतरा बढ्योः वरिष्ठ उपाध्यक्ष उपाध्याय
अ अ+ अ-

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले बैंक तथा वित्तीय संस्थामा ठूलो मात्रमा लगानीयोग्य रकम थ्रुपिएको र ब्याजदर समेत घट्दै गएका कारण पुँजी पलायनको खतरा बढेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा क्लिकमाण्डु डटकमले आयोजना गरेको प्रि मनिटरी पोलिसी डिस्कसन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले लगानीयोग्य रकम थ्रुप्रिने र व्याजदर यस्तै तल रहिरहे भोलिका दिनमा पुँजी पलायन हुनसक्ने बताउनु भयो । गलत ठाउँमा लगानी हुनसक्ने हुदाँ बैंकहरुले थ्रुपिएको पुँजीलाई कहाँ लगानी गर्ने यसबारे आगामी मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने उपाध्यायले बताउनु भयो ।

उहाँकाअनुसार नेपालमा लगानी गर्नसक्ने अवस्था नरहे भारतको ट्रेजरी मार्केटमा बैंकहरुलाई लगानी गर्न राष्ट्र बैंकले दिनुपर्ने उहाँको भनाई छ । वित्तीय अनुशासनमा समेत यस्ता विषय पर्ने भएकाले यसलाई कायम गराउन जरुरी रहेको उहाँले बताउनु भयो ।

उपाध्यायकाअनुसार नेपालमा प्रभिजनको व्यवस्था सबैभन्दा कडा भएकाले समस्या भएको बताउनु भयो । उहाँले भारतको उदाहरण दिँदै यदी धितो छ भने तीन वर्ष नभईकन सतप्रतिशत प्रोभिजन गर्नुपर्ने आवश्यकता पर्दैन । तर नेपालमा पहिलो वर्षमै सतप्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्थाले यसले ठूलो दबाब पैदा गरेको छ ।

परिसंघका वरिष्ठ उपाध्यक्ष उपाध्यायले भन्नुभयो– ‘नेपालमा लगानी गर्नसक्ने अवस्था नरहे भारतको ट्रेजरी मार्केटमा बैंकहरुलाई लगानी गर्न दिनुपर्छ । साढे ५ प्रतिशतको हाराहारीमा त्यहाँ ब्याज पाउने स्थिति छ । हाम्रो राष्ट्र बैंकले तय गरेको फ्लोर प्राइज ३ प्रतिशत धेरै तल भएको मलाइ लाग्छ । ब्याज करिडोरमा तीन प्रतिशत भएतापनि बैंकहरुले तीन प्रतिशत भन्दा तलमा बिडिङ गरेको र तीन प्रतिशत भन्दा तल गएर स्वयम राष्ट्र बैंकले पनि करिडोर हुँदाहुँदैपनि त्यसको पालना नभएको हामीले महशुस गरेका छौं ।’

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोईरालाले बजेटको उद्देश्य र मर्मअनुरुप मौद्रिक नीति आउन आवश्यक भएको बताउनु भयो । उहाँले अर्थमन्त्रीले वित्त नीति र मौद्रिक नीतिलाई सन्तुलन मिलाएर जाने कुरा गरेको भन्दै त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनु भयो ।

अध्यक्ष कोईरालाले भन्नुभयो–‘बैंक तथा वित्तीय क्षेत्रको वर्तनमान अवस्था र स्थितिलाई हेरे केन्द्रिय बैंकले आगामी नीतिहरु अपाउन आवश्यक छ । एसेट म्यानेजमेण्ट स्थापन गर्ने कुरा चाँडै अगाडि बढ्छ भन्ने हाम्रो अपेक्षा छ । नियो बैंकदेखि अप्ठ्यारोमा परेमा बैंक तथा वित्तीय संस्थालाई त्यही किसिमको ट्रीट गरेर जानुपर्छ ।’

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नागरिकलाई केन्द्रमा राखेर आफूले बीमाको क्षेत्रमा ‘प्रो पिपुल्स पोलिसि’ बनाउन थालेको बताउनु भयो । यसको नतिजा देखिन केही समय लाग्नेछ । उहाँले विगतमा व्यवस्था गरिएका कतिपय नीतिहरुमा आफूले केही हस्तक्षेप समेत थालिएको बताउनु भयो ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले केन्द्रिय बैंकले लिने नीति तथा निर्णयले सम्पूर्ण वित्तीय प्रणालीमा असर गर्ने बताउनु भयो । उहाँकाअनुसार ती नीतिले पुँजी बजारलाई समेत प्रत्यक्ष रुपमा असर गर्ने हुँदा मौद्रिक नीतिबारेका छलफलहरुले बजारको स्थायित्वलाई समेत मजबुत बनाउन सघाउ पुग्ने आशा व्यक्त गर्नुभयो ।

नेपाल राष्ट्र बैंकका निःवर्तमान गभर्नर महाप्रसाद अधिकारीले अरु देशको तुलनामा नेपालको मौद्रिक नीति फरक रहेको बताउनु भयो । उहाँले मौद्रिक नीतिले धेरै काम गरिदिओस् भन्ने सोसाइटीको धेरै आकांक्षा रहेको बताउनु भयो ।

उहाँकाअनुसार मौद्रिक नीतिको कोर फङ्सङ भित्र बसेर मिडियाहरुले यसका सीमाहरु, मेकानिजम, यसभित्र बसेर राष्ट्र बैंकले कसरी बसेर काम गरिरहेको छ भन्नेबारे मिडियाहरुले वास्तविकता ल्याइदिन सक्नुपर्छ ।