१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक संकुचनमा बजेट ल्याउँदा पनि वित्तीय हस्तान्तरण बढायौं– उपाध्यक्ष अधिकारी



अ+ अ-

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले मुलुक आर्थिक संकुचनमा रहेकै बेला नयाँ बजेट ल्याएपनि तल्लो तहमा जाने अनुदानलाई बढाइएको बताउनुभएको छ ।

संघीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२/८३ को सन्दर्भमा सोमवार काठमाडौंमा भएको कार्यक्रममा तल्लो तहका सरकार बलियो नभएसम्म संघीयता प्रभावकारी नहुने भन्दै त्यहाँ जाने अनुदान बढाइएको बताउनुभएको हो ।

उपाध्यक्ष अधिकारीले तीन करोड भन्दा सानाका परियोजना कतिपय सशर्तका रुपमा तल पठाइएको बताउनु भयो । अब सशर्तमा पालिका, प्रदेशहरुले छनोट गरेका आयोजनाहरु हुनुपर्छ । उपाध्यक्ष अधिकारीले भन्नुभयो–‘आर्थिक संकुचनका कारण स्रोतको ठूलो अभाव हुँदाहुँदै पनि हामीले यथार्थपरक बजेट ल्यायौं । त्यति मात्रै होइन तल जाने वित्तिय हस्तान्तरण बढायौं । इमान्दारीतासाथ भन्नुपर्छ, बजेट बढाउनुको कारण तीन करोडका आयोजनाको सीमा राख्नु हो । यो सीमा राख्दा साना आयोजना के गर्ने त भन्ने कुरा आयो । ती आयोजना तल्लो संरचनाबाटै सञ्चालन गर्नुपर्छ भनेर वित्तीय हस्तान्तरण बढाएको हो ।’

समानिकरण अनुदानमा समेत केही फर्मुला परिवर्तन गर्नका लागि राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगसँग छलफल भइरहेको उहाँको भनाई छ ।