
काठमाडौँ । नेकपा एमालेका सांसद गोपाल भट्टराईले मुलुकमा प्रतिगामीहरुको चहलपहल कायम रहेको बताउनुभएको छ ।
सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले नेपाललाई अस्थिर बनाइराख्न चाहने शक्तिकेन्द्रहरु अझैपनि अस्थिरता सिर्जना गरिरहने पक्षमा रहेको बताउनुभएको हो ।
उहाँले प्रतिगामी शक्तिहरुको आडमा लडखडाउँदै भएपनि प्रदर्शनलाई जीवित राख्ने मनस्थितिमा रहेपनि जनसहभागिता कमजोर भएसँगै असफल हुँदै गएको दाबी गर्नुभयो । जसरी गिरिबन्धु, यति, ओम्नी लगायतमा भ्रष्टाचारका कुराहरु आएको धेरै वर्ष भइसकेको भन्दै सांसद भट्टराईले त्यस अवधिमा सबैको सरकार बनेपनि त्यसको छिनोफानो गर्ने निकायहरुलाई जिम्मा दिने भन्दै प्रश्न गर्नुभयो ।
उहाँले जनतालाई भ्रममा पार्ने र लोकतन्त्रवादी शक्तिहरु नै एकअर्काप्रति हिलो छ्यापाछ्याप गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । सांसद भट्टराईले लोकतन्त्रले केही दिएन भन्ने सन्देश प्रवाह गर्नेतर्फ भन्दा पनि प्राप्त उपलब्धीहरु जनतासम्म पु¥याउने गरी काम गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले देशमा प्रतिगामीहरुको सलबलाहट कायमै छ । अर्कोतर्फ प्रतिनिधिसभा अबरुद्ध छ । प्रतिगामीहरु पूर्वराजाको आडमा राजसंस्था पुर्नस्थापनाको कुरा गरिरहेका छन् । सुरुमै हिंसात्मक गतिविधि शुरु गरे । तोडफोड गरे, हत्यासमेतमा उत्रिए । जनस्तरबाट व्यापक विरोध भएपछि शान्तिपूर्ण प्रदर्शन शुरु गरे । र त्यो पनि जनसहभागिता कमजोर भइरहेको अवस्थामा र असफल भइरहेको छ । तरपनि नेपाललाई अस्थिर बनाइराख्न चाहने शक्तिकेन्द्रहरु अझैपनि अस्थिरता सिर्जना गरिरहने पक्षमा छन् । त्यसैको आडमा लडखडाउँदै भएपनि प्रदर्शनलाई जीवित राख्ने मनस्थितिमा छन् । यसै अवधिमा संसदको बजेट अधिवेशन शुरु भएको छ । हामी अधिवेशनमा छौं । प्रतिपक्षका माननीयज्युहरुले प्रतिनिधि सभा अवरुद्ध गर्नुभएको छ । गृह मन्त्रालय अन्तर्गतको कर्मचारीले भ्रष्टाचार ग¥यो त्यसैले गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने माग छ । गृहमन्त्रीलाई कुनै आरोप लागेको छैन उजुरी पनि छैन भने राजीनामा माग्नु जायज हो र ? यदि छानविन गर्दैजाँदा गृहमन्त्रीसम्म पुग्यो भने उहाँ बच्नुहुन्न । बरु दोषीमाथिको छानविन प्रभावकारी होस् भन्ने कुरामा सरकार र सम्बन्धित पक्षलाई सचेत गराउनुपर्दछ । उता शिक्षा विधेयक असार १५ गतेसम्म पारित गर्नुपर्नेछ । शिक्षकहरुसँग सम्झौता भएको छ । अरु विधेयकहरु अगाडि बढाउनुपर्नेछ ।
मूल कुरा १५ गते प्रस्तुत भएको बजेट प्रतिनिधिसभामा छलफल अगाडि बढ्न सकेको छैन । बजेट र आर्थिक विधेयकहरु समयमा पारित भएनन् भने देश ठप्प हुन्छ । अझ अचम्म लाग्दो कुरा के छ भने अदालतले एउटा कसैलाई सजायँ तोक्छ केपी ओलीले ग¥यो । अदालतले सजायँ माफी गर्छ केपी ओलीले ग¥यो । अख्तियारले कुनै कारबाही अगाडि बढायो केपी ओलीले ग¥यो । यस्तो सुन्दा अदालत, संवैधानिक निकायहरु सबै केपी ओलीकै कब्जामा छन् कि जसरी अभिव्यक्तिहरु आउने गरेका छन् । अहिले संसारका निर्वाचित सरकार प्रमुखहरुमा अमेरिकी राष्ट्रपति बढी पावरफुल देखिन्छन् उनलाई पनि बेला बेलामा अदालतले नियन्त्रण गर्दछ भने नेपालमा त्यस्तो सम्भव छ र ? अर्का विषयहरु गिरिबन्धु, यति, ओम्नी आदि यिनी कुराहरु आएका त धेरै वर्ष भइसके । भ्रष्टाचार हुन् भने सरकारहरु त सबैका बने त्यो छिनोफानो गर्ने निकायहरु छन् त्यतातिर लाग्ने कि सार्वजनिक खपतका लागि मात्र कुरा उठाउने ? यस्ता कुराले कहिँ पुगिँदैन । अहिले नेपाली जनताले के कुरा ठीक हो र के कुरा बेठीक हो भनेर छुट्याउनसक्ने अवस्था छैन । त्यसैकारण जनतालाई भ्रमित गर्ने र आन्दोलनकारी शक्तिहरु, लोकतन्त्रवादी शक्तिहरु नै एकअर्काप्रति हिलो छ्यापाछ्याप गरेर भ्रममा पार्ने जुन कामहरु भैरहेको छ त्यसबाट हामी पछि हटौं । अब अगाडिका कामहरु प्रतिगमनलाई निस्तेज पार्ने र लोकतन्त्रलाई स्थापित गरिराख्नेतर्फ छलफल गर्नु अहिलेको आवश्यकता हो । यस्तो हिलो छ्यापाछ्याले लोकतन्त्रले केही दिएन भन्ने सन्देश प्रवाह नगरौं, उपलब्धिहरु जनतासम्म लैजाउँ भन्ने आग्रह गर्दछु ।’
उहाँले गृह मन्त्रालयअन्तर्गतको एउटा कर्मचारीले भ्रष्टाचार ग¥यो भन्दैमा कुनै आरोपबिना गृहमन्त्रीको राजीनामा माग्नु जायज नभएको टिप्पणी गर्नुभयो ।