५ असार २०८२, बिहीबार
,
Latest
श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै पहिरोले अरनिको राजमार्ग बन्द सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई, भुवन दुइ स्ट्रोकले पराजित उपसभामुखको पत्र र भिजिट भिषा प्रकरण एउटै होइनः रास्वपा सांसद झा भिजिट भिसा प्रकरणलाई जनयुद्धकालीन मुद्दासँग साँठगाँठ गरेका छैनौँः उपमहासचिव पुन अत्याचार बढ्दै गए सरकारको बारेमा सोच्नुपर्छः सांसद गिरी भिजिट भिसा प्रकरणलाई लिएर रास्वपाले उठाएको माग अनावश्यकः प्रमुख सचेतक घिमिरे निजामति ऐनबारे जसपा नेपालका सांसद अधिकारीको प्रतिक्रियाः सरकारले कानून बनाउने भए संसद किन चाहियो ? विधेयकमा राजनीति गर्न खोज्नु खेदजनकः प्रमुख सचेतक बर्तौला
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले रिटर्नीहरू (विदेशबाट फर्किएका नागरिक) प्रति राज्यले अपेक्षित सम्मान र सहयोग नदेखाएको बताउनुभएको छ ।

माओवादी निकट रिटर्नी सेन्टरको स्थापना दिवसको अवसरमा सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राज्यले रिटर्नीहरूको भावना र योगदानको कदर गर्न नसकेको बताउनुभएको हो ।

माओवादी नेतृत्वको सरकारले रिटर्नीहरूका लागि विशेष प्याकेज कार्यक्रम अघि सारेको भएपनि सरकार परिवर्तनपछि उक्त कार्यक्रमको बजेट अन्यत्र सारिएको जानकारी आफूले पाएको दाबी गर्नुभयो । विदेशबाट फर्किएका नागरिकको योगदानको कदर गर्दै सरकारले विषेश योजनाहरु ल्याउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राज्यले रिटर्नीहरुलाई जुनस्तरको महत्व दिनुपर्ने र रिटर्नीको भावनालाई कदर गर्नुपर्ने हो त्यस्तो भएको छैन । तर हाम्रो पार्टी र हाम्रो पार्टीको नेतृत्वको सरकार भएको बेलामा हामीले राज्यको नीति कार्यक्रममा पनि र बजेट बत्तलव्यमा पनि रिटर्नी सेन्टर र रिटर्नीहरुलाई विशेष महत्व दिनुपर्छ भनेर नै रिटर्नी उद्यमशीलता कार्यक्रम भनेर एउटा प्याकेजमा नै कार्यक्रम अगाडि सार्ने हामीले जमर्को ग¥यौं । नीति तथा कार्यक्रममा पनि हामीले यसको महत्व र आवश्यकतालाई जोड दिने हामीले प्रयास ग¥यौं । माओवादी नेतृत्वको सरकार हुँदा हामीले यो क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ, उहाँहरुले राज्यलाई गर्न खोज्नुभएको योगदानमा सहजिकरण पनि गर्नुपर्दछ भन्नेमा हामी क्लियर थियौँ । अहिले पनि स्पष्ट छौं । तर दुर्भाग्य के भयो भने हामीले छुट्याएको रकम पनि हामी सरकारबाट बाहिर गएपछि अन्यत्रै त्यो बजेट लगिएको भन्ने हामीले थाहा पाएका छौँ ।’

उहाँले मुुलुकको आर्थिक र सामाजिक विकासका लागि रिटर्नीहरुको महत्वपूर्ण भुमिका रहेको पनि बताउनु भयो ।