११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

गोरखा सैनिकको वंशजको नेपाली नागरिकता कायम राख्न माग

गोरखा सैनिकको वंशजको नेपाली नागरिकता कायम राख्न माग
अ अ+ अ-

काठमाडौँ । भूतपूर्व गोर्खा सैनिकहरुले गोर्खा सैनिक र उनीहरुका सन्ततिलाई वंशजको नागरिकता दिन माग गरेका छन् ।

सोमवार प्रतिनिधि सभाअन्तर्गको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनीहरुले गोरखा सैनिकहरुको नेपाली नागरिकताको निरन्तरता र उनीहरुको सन्ततिलाई वंशजको आधारमा नागरिका दिनुपर्ने माग गरेका हुन् ।

देशले सम्झौता गरेर पठाएका नागरिकलाई राज्यविहीनताको अवस्था आउन नदिन उनीहरुको माग छ । बैठकमा बोल्दै ब्रिटिस गोरखा सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले आफूले अर्को नागरिकता खोजेको नभई भएकै नागरिकताको निरन्तरता चाहेको बताउनु भयो । उहाँले गोर्खा सैनिकका सन्ततीले शिक्षा, स्वास्थ्यजस्ता आधारभुत सेवा लिनको बाध्य भएर बेलायतको नागरिकता लिने गरेको उल्लेख गर्दै उनीहरुलाई नेपालको नागरिकता उपलब्ध गराउनुपर्ने माग राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘यदि त्यहाँ गोर्खाको बालबालिकाहरुले नागरिकता लिएन भने राज्यबाट कुनैपनि अधिकार पाउँदैन । ऋणमा अध्ययन गर्नुपर्यो भनेपनि त्यहाँ पैसा पाउँदैन । त्यहाँ कुनैपनि कम्पनीको म्यानेजर हुनुप¥यो भने त्यहाँको नागरिक नै हुनुपर्छ । नत्र भने पाइँदैन । त्यहाँ विभिन्न समस्या भएर बालबालिकाहरु त्यहाँको नागरिकता लिन्छन् तर बाउ चाहीँ नेपाली नागरिक नै हुन्छ । समस्या के भयो त भन्दा आर्मीमा काम बिगा¥यो भने चाहीँ निकालिदिन्छ । त्यस्तो भएको अवस्थामा बाउ चाहीँ नेपाल आउनुप¥यो श्रीमति र बालबालिकाहरु लण्डनमा छ । त्यस्तो घटनाहरु पनि भइरहेको छ । उसले १० वर्षसम्म त्यहाँ जान पाउँदैन । यो समस्या त सरकारले बनाएको हो नि । त्यसकारण हामीले अर्को नागरिकता खोजेका होइनौँ हामीसँग भएको नागरिकताको निरन्तरता मात्रै खोजेका हौँ । हरेक वर्ष तीन चार मानिस भर्ती भएर जान्छ ।’

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले जुनसुकै मुलुकमा रहे पनि नेपाली नागरिकका सन्ततिलाई वंशजका आधारमा नागरिकता प्राप्तिमा संविधानतः कुनै बाधा नहुने तर्क गर्नुभयो । उहाँले राज्यले कुनैपनि नागरिकलाई राज्यविहीनताको अवस्थामा राख्न नहुने जिकिर गर्नुभयो । ब्रिटिस गोरखाले प्राप्त गर्ने निवृत्तिभरण राष्ट्र बैंकमार्फत प्राप्त गर्ने व्यवस्था मिलाउनुपर्नेमा समेत उहाँको जोड छ । ज्ञवालीले गोर्खा सैनिकहरुलाई गैरआवासीय भिसा दिएर चुनावी प्रक्रियामा भाग लिनबाट वञ्चित गर्न नहुने समेत बताउनु भयो । आफूहरुलाई पनि नेपाली नागरिक सरह मान्नुपर्ने भन्ने गोरखा सैनिकहरुको माग रहेको बताउनु भयो । गोरखा सैनिकमा जाँदा नेपाली नागरिकता प्रयोग गरिएको र बेलायतको नागरिकता पाएपनि नेपाली नागरिकता कायम हुने नागरिकता ऐन संशोधन गर्न उहाँको आग्रह छ ।

उहाँले भन्नुभयो, ‘गैरआवासीय भिसा दिएर नेपालको चुनावी प्रक्रियामा भाग लिनबाट वञ्चित गर्नुभएन भन्ने उहाँहरुको एउटा माग हो । हामीलाई नेपालको नागरिक सरह मान्नुप¥यो भन्ने माग छ । अर्को, नागरिकता प्राप्त गरेछन् भनेपनि देशलाई यति योगदान दिएको छ, स्टर्लिङ पाउण्डमा विदेशी पुँजी आउँछ । यहाँको पुँजी पलायन हुन्न यही आउँछ । उनीहरुको सन्ततीहरुले त्यत्रो विज्ञता हासिल गरेका छन् । त्यो पनि यही आउँछ । त्यसकारण उनीहरुले उताको नागरिकता पाएपनि नेपालको नागरिकता समेत पाउनुपर्छ भनेर संशोधनको माग हो । गोरखा सैनिकमा जाँदा नेपाली नागरिकता प्रयोग गरिएको र बेलायतको नागरिकता पाएपनि नेपाली नागरिकता कायम रहोस् भन्ने संशोधन प्रश्ताव हो ।’

नागरिकता निरन्तरता अभियान समिति युके–नेपलाका वरिष्ठ सल्लाहकार हिमाल राईले बेलायती सेनामा भर्ती भएका नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने तथा उनीहरूको सन्तानलाई पनि वंशजका आधारमा नागरिकता प्राप्त गर्ने कानूनी सुविधा हुनुपर्ने माग गर्नुभयो । उहाँले बेलायती सेनाबाट निवृत्त भएका करिव २२ हजार पूर्वगोरखा सैनिकलाई पेन्सनका रूपमा प्रदान गरिने करिव २१ करोड पाउण्डस्ट्रलिङ राष्ट्र बैंकमा जम्मा भएर वितरण गर्ने व्यवस्थाका लागि पनि माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले केही पनि मागेका छैनौँ, नेपालको अन्तरिम संविधान, २०६३ को धारा १० को निरन्तरताको माग गरेका हाँै । विदेशको नागरिकता लिएपछि नेपालको नागरिकता स्वतः खारेज हुनेछ भन्ने ठाउँमा ब्रिटिस गोर्खाको लागि लागू हुनेछ भन्ने लगाइदिनुभयो भने काफी हुन्छ । हाम्रो त्यति माग पुरा गर्नको लागि कन्जुस्याइँ गर्नुहुन्न भन्ने आशा गरेको छु ।’

सोमवार समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गैरआवासीय नेपाली संघ र ब्रिटिस गोरखा सैनिकसँग छलफल गरेको छ ।