११ श्रावण २०८३, सोमबार
,
Latest
त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सभापति थापाद्वारा संयम अपनाउन अपिल देवानगञ्ज घटनामा मृतकप्रति मुख्यमन्त्री कार्कीको श्रद्धाञ्जली, सामाजिक सद्भाव कायम राख्न आग्रह इतिहास लेखनलाई तथ्यमा आधारित बनाउन सर्वमान्य संयन्त्र गठन गर्नुपर्छः सांसदहरू पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस भाषा, संस्कृति र इतिहास संरक्षणमा राज्य गम्भीर बन्नुपर्छः उपाध्यक्ष भण्डारी समृद्धिका लागि कानून वाधक बन्न हुँदैनः मन्त्री गौतम सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘सोल्टिनी’को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक



अ+ अ-

काठमाडौं । आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर रिलिज हुने तयारीमा रहेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘सोल्टिनी’को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक भएको छ । सार्वजनिक गीत ‘सत्य जुगैको’ पूर्वेली मारुनी भाकामा आधारित छ । गीतमा प्रशान्त सिवाकोटी र अस्मिता अधिकारीको स्वर रहेको छ । यो गीत गायिका अस्मिता अधिकारीको पहिलो मारुनी गीत हो । गीतको सङ्गीत तथा शब्द प्रशान्त सिवाकोटीले नै सिर्जना गरेका हुन् ।

भोजपुरमा छायाङ्कन गरिएको यस गीतको भिडियोमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुसँगै कलाकारहरू सुन्दर धिताल र सब्बु गुरुङले नृत्य प्रस्तुत गरेका छन् । गीतको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् । करिब ७/८ वर्षपछि नेपाली चलचित्रमा मारुनी गीत समावेश भएको छ, जसले दर्शकमाझ विशेष चासो जगाउने अपेक्षा लिएको चलचित्रका निर्देशक अर्जुन सुवेदीले बताए ।

यो चलचित्र इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय दृश्यहरूमा छायाङ्कन गरिएको छ ।

निर्देशक सुवेदीका अनुसार यस चलचित्रले दर्शकलाई फरक स्वादको कथासँग जोड्नेछ । चलचित्रले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ भने दुई प्रमुख पात्रबीचको प्रेम कथा यसको मुख्य आकर्षण रहेको छ । प्रकाश सपुत र परीक्षा लिम्बुको जोडी पहिलो पटक यस चलचित्रमार्फत एकसाथ पर्दामा देखिँदैछ ।

चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति रहेको छ । यसमा प्रकाश र परीक्षाको साथमा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

‘सोल्टिनी’का गीतहरूमा सङ्गीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायाङ्कन सुशन प्रजापतिले गरेका हुन् । चलचित्रलाई अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेका छन् ।

प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् । रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले पोस्टर तथा पब्लिसिटी डिजाइन गरेका छन् भने आरआर फिल्मस् प्रा.लि.ले नेपालमा वितरण गर्नेछ । चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।