१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाद्वारा ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालगायिका परिधी खतिवडाको ‘घरकी फूलबारी’ सार्वजनिक



अ+ अ-

काठमाडौं। बालगायिका परिधी खतिवडाको स्वरमा सजिएको बालमैत्री गीत ‘घरकी फूलबारी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

कक्षा ४ मा अध्ययनरत परिधीले प्रस्तुत गरेको यो गीत बाल भावना, पारिवारिक आत्मीयता र राष्ट्रिय चेतनाले भरिएको प्रेरणादायी सिर्जना हो। गीतका शब्द उनका पिता तथा इञ्जिनियर प्रमोद खतिवडाले लेखेका हुन्। साहित्य र संगीतप्रति रुचि राख्ने प्रमोद यसअघि पनि विभिन्न गीतहरू सिर्जना गरिसकेका छन्। संगीत तथा एरेञ्जमेन्ट सविन लिम्बूले गरेका छन् भने निर्देशन ‘गुरुभाइ फकीर’ले गरेका हुन्।

भिडियो परिधी अध्ययनरत प्रज्ञाकुञ्ज बोर्डिङ स्कुल तथा काठमाडौंका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ। बालमनको कल्पनासँगै गीतमा देशप्रेम, सामाजिक सद्भाव र पारिवारिक सम्बन्धको भाव उजागर गरिएको छ।

यसअघि ‘लिटिल स्टार नेपाल’ प्रतियोगितामा ‘मोस्ट पपुलर कन्टेस्टेन्ट’ बन्न सफल परिधी गायन, नृत्य, कविता वाचन र चित्रकलाजस्ता विविध प्रतिभामा रुचि राख्ने बालप्रतिभा हुन्। सरल शब्द, मिठो धुन र बाल स्वरमार्फत प्रस्तुत गरिएको यो गीतले दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।