१० बैशाख २०८२, बुधबार
,
Latest
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र प्रसाईंलाई हिरासतमा राख्न प्रहरीले थप २० दिन समय मागेकोमा अदालतले… बाढीपहिरोले क्षति गरेको सात महिनापछि आयो पुनः निर्माणको बजेट कांग्रेसले यातायात व्यवसायीको समस्या समाधान गर्छ : कार्यवाहक सभापति श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ रंगशालामा रोबर्टो कार्लोस फोटो फिचर सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने ‘समवेदना’ सुनाएरै चर्चित ७३ वर्षीय शिरो सान्दाइ उपप्रधानमन्त्री सिंह र युएईका उपप्रधानमन्त्री नाहयानबीच भेटवार्ता २५ लाख लागतमा मलामी विश्राम घर निर्माण “राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुर्वा शेर्पाको निर्देशनमा बनेको पञ्जावी भिडियो ‘खर्चा मार दा’ को चर्चा चुलिँदै



अ+ अ-

काठमाडौं । नेपाली मिडियाकर्मी तथा निर्देशन क्षेत्रमा लामो अनुभव बोकेका निर्देशक फुर्वा शेर्पाको निर्देशनमा तयार भएको पञ्जाबी म्युजिक भिडियो ‘खर्चा मार दा’ हालै सार्वजनिक भएको छ । यो भिडियो सार्वजनिक भएपछि फुर्वाको निर्देशनको प्रशंसा भइरहेको हो ।

यो भिडियो गोल्डेन आवर फिल्म प्रोडक्सनको युट्युब च्यानलमार्फत् इदको अवसर पारेर सार्वजनिक गरिएको थियो ।

गीतमा पञ्जाबी गायक सरव सिंहको स्वर र संगीत रहेको छ भने शब्द बब्बी नटियानले लेखेका हुन् । फुर्वा शेर्पाले यस गीतको निर्देशन गरेका हुन् । जुन गीतमा भारतीय कलाकार कमर र मोरक्कन अभिनेत्री इस्राए जेब्बारीको अभिनय देख्न सकिन्छ ।

भिडियोको छायांकन दुबईमा गरिएको हो । जसको छायांकन तथा सम्पादन नितिन चन्दले गरेका हुन् । उनले दुबईका आकर्षक लोकेसनमा अत्याधुनिक क्यामेरा, सिनेम्याटिक लाइटिङ प्रविधि तथा भिजुअल डिजाइन प्रयोग गरेर भिडियोमा प्रिमियम लुक्स प्रस्तुत गरेका छन् ।

भिडियोमा विभिन्न देशका कलाकारहरूको सहभागिता रहेको छ । कोरियोग्राफर सुरेश कुमार दक्षिण भारतका हुन् भने कोरस डान्सरहरू समेत अन्तर्राष्ट्रिय पृष्ठभूमिबाट छनोट गरिएको फुर्वाले जानकारी दिए ।

निर्देशक फुर्वाका अनुसार गीतको भाषा फरक भएका कारण केही चुनौती आए पनि टोलीको मेहनत र संगीतको ऊर्जा सबैलाई एउटै लयमा बाँध्न सफल भयो । ‘संगीतको कुनै भाषा हुँदैन, गीतको भाव, लय र जोश नै यस्तो थियो, जसले सबैलाई जोड्यो,’ उनले भने ।

फुर्वाले यो भिडियोले आफूलाई अन्तर्राष्ट्रिय निर्देशन क्षेत्रमा चिनाउने अवसर दिएको विश्वास व्यक्त गरेका छन् । ‘खर्चा मार दा’ भिडियोले भारतीय पञ्जाबी संगीत उद्योगमा नयाँ प्रयोगका रूपमा स्वागत पाएको छ ।