११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सभापति थापाद्वारा संयम अपनाउन अपिल देवानगञ्ज घटनामा मृतकप्रति मुख्यमन्त्री कार्कीको श्रद्धाञ्जली, सामाजिक सद्भाव कायम राख्न आग्रह इतिहास लेखनलाई तथ्यमा आधारित बनाउन सर्वमान्य संयन्त्र गठन गर्नुपर्छः सांसदहरू पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस भाषा, संस्कृति र इतिहास संरक्षणमा राज्य गम्भीर बन्नुपर्छः उपाध्यक्ष भण्डारी समृद्धिका लागि कानून वाधक बन्न हुँदैनः मन्त्री गौतम सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन–फोटोफिचर



अ+ अ-

कीर्तिपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु भएको छ ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो । महाधिवेशन आगामी तीनदिनसम्म जारी रहनेछ ।

त्यसअघि स्वागत मन्तव्य व्यक्त गर्दै सङ्गठनका अध्यक्ष समिक बडालले शैक्षिक समस्या समाधान गर्दै विकासको पथमा अग्रसर हुन महाधिवेशन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल विद्यार्थी सङ्घका सभापति डोजाङ शेर्पाले विद्यार्थी आन्दोलनका बारेमा उठेका नकारात्मक टिप्पणीको सामूहिक रुपमा प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले युवा र विद्यार्थी सङ्घसङ्गठनले युवाका विषयामा एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

अनेरास्ववियुकी पूर्वअध्यक्ष नवीना लामाले गणतन्त्र विरोधीहरुको सङ्गठनले प्रतिवाद गर्नुपर्छ भन्नुभयो ।