९ असार २०८३, मंगलवार
,
Latest
रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा स्केचर्सको पहिलो स्टोर सञ्चालनमा, तीन सय भेराइटीका जुत्ता पाइने



अ+ अ-

काठमाडौँ । अमेरिकी बहुराष्ट्रिय फुटवियर कम्पनी स्केचर्सको स्टोर नेपालमा पनि खुलेको छ ।

शुक्रवार काठमाडौँको दरबारमार्गमा एक कार्यक्रमकाबीच स्केचर्स स्टोरको सञ्चालनमा आएको हो । स्केचर्सको यो नेपालको पहिलो एक्सक्लुसिभ स्टोर रहेको जनाइएको छ ।

स्कचर्सका केही सामानहरू बजारमा पाइए पनि यो नै नेपालको पहिलो एक्सक्लुसिभ स्टोरको लन्च गरिएको कम्पनीले जनाएको हो । स्केचर्स ब्राण्ड अमेरिकन कम्पनीको जुत्ताको लागि पपुलर छ । यो कम्पनीले सबै उमेर समूहको लागि जुत्ता बनाउने गरेको छ । अमेरिकासहितका विदेशी देशहरूमा पाउने जुत्ताहरू अब नेपालमै पाइने कम्पनीले जनाएको छ ।

दरबारमार्गस्थित स्केचर्सको स्टोरमा तीन सय भेटाइटीको जुत्ताहरू उपलब्ध हुनेछ ।