३ भाद्र २०८३, बुधबार
,
Latest
मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न गृहसचिव श्रेष्ठको आग्रह किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट लिजेन्ड सर एभर्टनको निधन



अ+ अ-

वेस्ट इन्डिज क्रिकेटका लिजेन्ड क्रिकेटर सर एभर्टन विक्सको बुधबार ९५ वर्षको उमेरमा निधन भएको छ।  

क्रिकेट वेस्ट इन्डिजले लिजेन्ड एभर्टनको निधन भएको जनाएको छ। फ्रांक ओरेल र क्लाडे वाल्कटसँगसँगै खेलेका एभर्टनले वेस्ट इन्डिजबाट १९४८ मा डेब्यु गरेका थिए। विश्वभर प्रतिष्ठिन प्रशिक्षक, विश्लेषक, टिम म्यानेजर र म्याच रेफ्रीको रूपमा चिनिएका एभर्टन अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का सदस्य पनि थिए। २२ वर्षको उमेरमा टेस्ट खेलमा डेब्यु गरेको एभर्टनले पहिलो खेल क्रिकेटको जननी मानिने इङ्ल्यान्डसँग खेलेका थिए। उनले पहिलो खेल किंग्सटन ओभल मैदानमा खेलेका थिए भने अन्तिम खेल पाकिस्तानविरुद्ध ट्रिनिडाडमा एक दशकपछि खेलका थिए।  

वेस्ट इन्डिजका लागि विक्सले ४८ टेस्टमा ४ हजार ४ सय ४५ रन बनाएका छन्। उनी पाँच टेस्ट इनिङ्समा लगातार शतक बनाउने खेलाडी पनि हुन्। उनीसँगै खेलेका ओरेल र वाल्कटको १९६७ र २००६ मा निधन भइसकेको छ।