६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेन र फ्रान्सको खेलमा गोल वर्षा



अ+ अ-

काठमाडौँ । स्पेन नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनल खेलमा फ्रान्सलाई ५–४ गोलले हराउँदै स्पेन उपाधि नजिक पुगेको हो ।

जर्मनीको एमएचपी एरेनामा भएको नौ गोलको थ्रिल खेलमा पहिलो हाफमा स्पेनले २–० गोलको अग्रता बनाएको थियो ।

फ्रान्सले सबै चारै गोल दोस्रो हाफमा गरेको थियो । २२ औं मिनेटमा निको विलियम्स र २५ औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दै स्पेनलाई पहिलो हाफमा दुई गोलको अग्रता दिलाएका थिए ।

५४ औं मिनेटमा लामिने यामलले पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई ३–० ले अघि बढाए । ५५ औं मिनेटमा पेड्रीले गोल गर्दै स्पेनको अग्रता ४–० को बनाए ।

यता, ५९ औं मिनेटमा किलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई १–४ को स्थितीमा ल्याए । ६७ औं मिनेटमा यामलले व्यक्तिगत दोस्रो तथा टोलिका लागि पाँचौं गोल गरे । ७९ औं मिनेटमा रायन चेर्कीले गोल गर्दै फ्रान्सलाई २–५ को स्थितीमा ल्याए । ८४ औं मिनेटमा स्पेनका डानी भिभियानले आत्मघाती गोल गरेपछि फ्रान्स ३–५ को स्थितीमा आयो ।

खेलको इन्जुरी समयमा कोलो मोउनीले गोल गरेपनि फ्रान्सका लागि ढिला भइसकेको थियो । उनको गोलले अग्रता छोट्टिएर ४–५ मा ल्याएपनि फ्रान्स प्रतियोगिताबाट बाहिरिसकेको थियो ।

फाइनलमा अब स्पेन र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । पोर्चुगलले जर्मनीलाई हराउँदै फाइनलको टिकट काटिसकेको छ । फाइनल खेल जर्मनीको एलियान्ज एरिनामा आइतबार राति हुनेछ ।