काठमाडौँ । प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेलाई सारिएको छ ।
आज दिउँसो १ बजे र पछि सवा ३ मा तय गरिएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाको माग गर्दै विपक्षी र सत्ता पक्षबीच सहमति जुट्न नसक्दा संसद् निरन्तर अवरुद्ध हुँदै आएको छ ।
सहमति जुटाउन सभामुखले सत्ता र प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गरेपनि उक्त छलफल निष्कर्षबिहिन बनेको थियो ।










