१ आश्विन २०८३, बिहीबार
,
Latest
रगतको मौज्दात विवरण तत्काल अद्यावधिक गर्न ३९ रक्तसञ्चार केन्द्रलाई स्वास्थ्य मन्त्रालयको निर्देशन चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव परिवारजनलाई हस्तान्तरण ‘द ग्रे जोन’को रिपोर्टबारे सरकारले जवाफ देओस्ः एमाले सांसद पोखरेल चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट मेलम्ची खानेपानी आयोजनाका प्रभावित नागिरकसँग गरिएको सम्झौता कार्यान्वयन गर्न नेकपाद्वारा सरकारको ध्यानाकर्षण संविधान दिवस भव्य रूपमा मनाउन एमालेको मातहतका कमिटीलाई निर्देशन जनता भोकमरीमा पर्न थाले, सिंहदरबारको खरानीमा घुँडा टेकेको हो सरकार ?: सांसद बराल भोटेकोशी बाढी : संसदीय विशेष समिति गठनमा जुटेन सहमति अपमान र घृणामाथि उभिएको कांग्रेसको महलमा बस्न सक्दिनँ: डा. शेखर कोइराला भ्रष्टाचार नियन्त्रणमा अख्तियारले संवैधानिक दायित्व प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ऊनको स्वीटर’ १० करोड क्लबमा प्रवेश, दर्शकसँग केक काट्दै सेलिब्रेसन



अ+ अ-

काठमाडौं। वि.सं. २०८२ सालको पहिलो सुपरहिट नेपाली फिल्म बन्न सफल ‘ऊनको स्वीटर’ चौथो हप्तासम्म पनि बक्स अफिसमा धमाका मच्चाइरहेको छ।

प्रदर्शनको तेस्रो हप्तामै १० करोडभन्दा बढी ग्रस कमाइ गरेको यस फिल्मले न केवल व्यवसायिक सफलता हात पारेको छ, बरु दर्शकको मनमा पनि गहिरो छाप छोड्न सफल भएको छ।

यसै सफलता र दर्शकप्रतिको कृतज्ञता प्रकट गर्न फिल्म युनिटले मङ्गलवार साँझ चाबहिलस्थित एफक्युब सिनेमा हलमा फिल्म हेरेका दर्शकहरूसँग केक काटेर खुसी साटेको छ। निर्देशक नवीन चौहानका अनुसार यो कार्यक्रम कुनै प्रचार नभई दर्शकप्रतिको धन्यवाद स्वरूप गरिएको हो। उनले भने, “दर्शकसँग माया साट्न केक काटिएको हो।”

कार्यक्रममा प्रमुख कलाकार विपिन कार्की, एलेक्स पारस, परीक्षा लिम्बु, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगर, संगीत निर्देशक कोविद बज्र, गीतकार हर्क साउद, गायक सुजन चापागाईं, छायाँकार चिन्तन राजभण्डारी र निर्देशक चौहान स्वयं उपस्थित थिए। केकमा फिल्मका पोस्टर र चर्चित गीतहरूको झल्को दिने चित्रहरू सजाइएको थियो।

‘ऊनको स्वीटर’ हाल नेपालभर १०० भन्दा बढी शोहरूमा चलिरहेको छ भने अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, युरोप, र मध्यपूर्वका देशहरूमा समेत प्रदर्शन भइरहेको छ। फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेललगायतका कलाकारको अभिनय रहेको छ।

फिल्मले अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चा बटुलिरहेको छ। फ्रेन्च निर्देशक एरिक भ्यालीले यसलाई “नेपाली समाज र संस्कृतिको संवेदनशील प्रस्तुति” भनेका छन्। त्यस्तै मनीषा कोइरालादेखि बाबुराम भट्टराई, राजेश पायल राई, विजय लामा र नाजिर हुसेनसम्मले फिल्मको खुलेर प्रशंसा गरेका छन्।

‘ऊनको स्वीटर’ले नेपाली सिनेमाको गुणस्तर, प्रस्तुतिकरण र दर्शकको लगावलाई पुनः एकपटक स्थापित गरिदिएको विश्लेषण गरिएको छ। दर्शकको अपार मायाले यो फिल्म लामो समयसम्म हलमा टिक्ने सम्भावना देखिएको छ।




भर्खरै