२९ असार २०८३, सोमबार
,
Latest
सुकुमवासी परिवारलाई सीप विकास तथा रोजगारमा आबद्ध गराइने एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण गाजाको पुनःस्थापनाका लागि युरोपेली दाताहरूबाट एक अर्ब डलर सहयोगको घोषणा अत्यावश्यकबाहेक यात्रा नगर्न चितवन प्रशासनको अनुरोध बौलाहा खोलामा मोटरेबल पुल निर्माण शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण ठमेलमा ‘मोलमोलाइ’ गरेको आरोपमा विदेशी युवतीलाई मुद्दा, स्क्याम अखडा सञ्चालन गर्नेलाई उन्मुक्ति सञ्चार क्षेत्रको अवस्था, चुनौती र आगामी दिशाबारे डिजिटल मिडिया ‘सोसाइटी’ सँग छलफल अर्थमन्त्री वाग्लेको राजस्व सल्लाहकारमा भोजन अर्याल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस



अ+ अ-

काठमाडौं । आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८२ को अगस्ट १९ मा प्यालेस्टाइनसम्बन्धी आपतकालीन विशेष अधिवेशनमा इजराइलको आक्रमणका कारण प्यालेस्टाइन र लेबनानका बालबालिकामाथि परेको हिंसाबाट स्तब्ध हुँदै यस दिवस मनाउने निर्णय गरेको हो।

यस दिवसको उद्देश्य संसारभर बालबालिकाले भोग्नुपरेको शारीरिक, मानसिक तथा भावनात्मक पीडालाई सम्बोधन गर्नु र तिनीहरूको संरक्षण सुनिश्चित गर्नु हो । बाल अधिकारसम्बन्धी महासन्धिको मार्गदर्शनमा संयुक्त राष्ट्रसङ्घले बालबालिकाको अधिकारको रक्षा गर्न प्रतिबद्धता जनाउँदै आएको छ ।

आज पनि विश्वका कैयौं बालबालिका द्वन्द्व, चरमपन्थी हिंसा, शोषण र दण्डहीनताबाट प्रभावित छन् । सन् २०१५ मा पारित २०३० का लागि दिगो विकास एजेन्डाले बालबालिकाको सुरक्षाका लागि स्पष्ट लक्ष्य तय गरेको छ । लक्ष्य १६।२ अन्तर्गत सबै प्रकारका हिंसा अन्त्य गर्ने, शोषण, उपेक्षा र दुव्र्यवहार विरुद्ध कठोर कदम चाल्ने योजना समेटिएको छ । रासस