काठमाडौं । तीन शीर्ष नेताको बैठक केही बेर अघि सिंहदरबारमा सुरु भएको छ । प्रमुख तीन दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सो बैठकमा सहभागी छन् ।
प्रधानमन्त्री ओलीले सो बैठकको आह्वान गरेका थिए । प्रधानमन्त्री ओलीले केहीबेर अघि मात्र सो बैठकका लागि कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई फोन गरेर बोलाउनु भएको थियो ।
सो बैठकमा राजावादीहरुको आन्दोलन, संसदको गतिरोध लगायत अन्य समसामयिक विषयमा कुराकानी हुने बताइएको छ ।
प्रमुख प्रतिपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेर संसद बैठक अवरुद्ध गरिरहेका छन् । संसद बैठक भोलि रहेकाले संसदको गतिरोधका विषयमा पनि सो बैठकमा कुराकानी हुने बताइएको छ ।












