९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

राप्रपा प्रवक्ता श्रेष्ठको ठहर: नेपाली भूमिमा, नेपाली जनताद्वारा, नेपाल र नेपालीका लागि वर्तमान आन्दोलन

राप्रपा प्रवक्ता श्रेष्ठको ठहर: नेपाली भूमिमा, नेपाली जनताद्वारा, नेपाल र नेपालीका लागि वर्तमान आन्दोलन
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले राजावादी आन्दोलनप्रति ऐक्यवद्धता अभियान चलाउन आह्वान गर्नुभएको छ ।

प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमार्फत् आज जो जहाँ हुनुहुन्छ त्यहीँबाट ऐक्यवद्धता अभियान चलाउन आह्वान गर्नुभएको हो ।

राजतन्त्र पुनस्र्थापना र हिन्दू राज्यको घोषणाको माग गर्दै राप्रपासहितका राजावादीहरुले प्रदर्शन गर्दै आएका छन् । आज काठमाडौंको नक्सालस्थित नारायण चौरमा प्रदर्शन गर्ने तयारी छ ।

राप्रपाका प्रवक्ता श्रेष्ठ सामाजिक सञ्जाल फेसबुकमा लेख्नुहुन्छ–

जो जहॅा हुनुहुन्छ ऐक्यबद्धता अभियान चलाऔं : काठमाण्डौंका सडकमा यतिबेला भइरहेको देशभक्तिपूर्ण राष्ट्रवादी आन्दोलन विशिष्ट प्रकृतिको छ- साथ, सहयोग र समर्थन गरौं, सहभागी बनौं ।

– प्रायस: आन्दोलनहरु सरकार, सरकारको गलत नीति र सरकारको ज्यादती विरुद्ध हुने गर्छन् तर यसपटकको आन्दोलन व्यवस्था विरुद्धको आन्दोलन हो ।

– २००७ साल, २०४६ साल र २०६२-६३ को आन्दोलन व्यवस्था परिवर्तनको आन्दोलनको रुपमा रहेको छ।

– नेपालमा हरेक १० वर्षमा राजनीतिक उथलपुथल भएको इतिहास छ । २००७ सालमा प्रजातन्त्र आयो, २०१७ मा पन्चायती व्यवस्था, पन्चायतभित्रको प्रजातान्त्रिकीकरणको दुइ दशकको बहसपछि २०३६ सालमा जनमत संग्रह, ०४६ मा पन्चायती व्यवस्थाको अन्त्य भइ बहुदलीय व्यवस्थाको स्थापना, बहुदलीय व्यवस्थाका विरुद्ध माओवादीले ०५२ मा सशस्त्र विद्रोहको थालनी गरेपछि ०६२र६३ को आन्दोलन मार्फत् नयॅा राजनीतिक परिवर्तन र गणतन्त्रको आधार तयार, ०७२ मा गणतान्त्रिक संविधान, ०८२ मा देशभक्त राष्ट्रवादी शक्तिहरुद्वारा गणतन्त्र विरुद्ध जनआन्दोलनको घोषणा । जनआन्दोलनको पक्षमा व्यापक जनमत र जनसहभागिता बढ्दै ।

– गणतन्त्र, गणतान्त्रिक व्यवस्था र यसको मार्गचित्र, गणतन्त्रको आवरणमा लादिएको सर्वसत्तावाद, कुशासन, अव्यवस्था, समग्र बेथिति र यसको प्रयोगबाट आम जनतामा पैदा भएको सामुहिक निराशाको जगमा नयॅा आन्दोलनको बलियो आधार तयार भइरहेको छ।

व्यवस्था परिवर्तनको विगतका तीन आन्दोलनहरुको आधार कि त विदेशी भूमिमा तयार भएका छन्, कि त विदेशीको उपस्थितिमा भएका छन् । कुनै न कुनै रुपमा विदेशीको साथ, सहयोग, समर्थन र प्रायोजनमा भएका छन् । यसका बारे धेरै प्राज्ञिक बहसहरु भइसकेका छन् र यद्यपि भइरहेका छन्।

व्यबस्था बदल्ने यसपटकको आन्दोलनको घोषणा नेपालका देशभक्त, राष्ट्रवादी शक्तिहरुले गरेका छन्। कुनै विदेशीको संलग्नता र प्रायोजन नभएको यो आन्दोलन नेपालमा हालसम्म नभएको विशिष्ट प्रकृतिको छ। नेपाली भूमिमा, नेपाली जनताद्वारा, नेपाल र नेपालीका लागि भइरहेको यो आन्दोलन यथास्थितिबाट मुक्ति चाहनेहरुको साझा आन्दोलन हो ।

सकेसम्म आफैं उपस्थित भएर जारी आन्दोलनमा योगदान गरौं । आफू उपस्थित हुन नसकेको अवस्थामा आफ्नो परिवार, नातागोता, आफन्त, छिमेकी र साथीसंगीहरुलाई सहभागी हुन भनौं । जो जहॅा हुनुहुन्छ, जसरी हुन्छ दबाव सिर्जना गरौं, सामाजिक सन्जालको भरपुर उपयोग गरौं, जनमत बढाऔं ।

सबैभन्दा माथि देश, देशभन्दा माथि कोही छैन ।