१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजावादीहरुले आज नारायण चौरमा प्रदर्शन गर्ने



अ+ अ-

काठमाडौं । राजतन्त्र पुनस्र्थापना र हिन्दू राज्यको घोषणाको माग गर्दै आन्दोलनमा उत्रिएका राजावादीहरुले आज काठमाडौंको नक्सालस्थित नारायण चौरमा प्रदर्शन गर्ने भएका छन् ।

राजावादीहरुले हिजो बालुवाटारमा प्रदर्शन गरेका थिए । दरबारमार्गमा प्रदर्शन गर्ने तयारी भइरहेका बेला सरकारले निषेधित क्षेत्र घोषणा गरिदिएपछि उनीहरुले बालुवाटारमा पुगेर प्रदर्शन गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका राजावादी दल र समूहले जेठ १५ गतेदेखि संयुक्त रुपमा शान्तिपूर्ण आन्दोलन गर्दै आएका छन् ।

राप्रपाले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा सहसहभागिता बढ्दै गएको दाबी गरेको छ ।