५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजावादीहरुले आज नारायण चौरमा प्रदर्शन गर्ने



अ+ अ-

काठमाडौं । राजतन्त्र पुनस्र्थापना र हिन्दू राज्यको घोषणाको माग गर्दै आन्दोलनमा उत्रिएका राजावादीहरुले आज काठमाडौंको नक्सालस्थित नारायण चौरमा प्रदर्शन गर्ने भएका छन् ।

राजावादीहरुले हिजो बालुवाटारमा प्रदर्शन गरेका थिए । दरबारमार्गमा प्रदर्शन गर्ने तयारी भइरहेका बेला सरकारले निषेधित क्षेत्र घोषणा गरिदिएपछि उनीहरुले बालुवाटारमा पुगेर प्रदर्शन गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका राजावादी दल र समूहले जेठ १५ गतेदेखि संयुक्त रुपमा शान्तिपूर्ण आन्दोलन गर्दै आएका छन् ।

राप्रपाले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा सहसहभागिता बढ्दै गएको दाबी गरेको छ ।