३ भाद्र २०८३, बुधबार
,
Latest
मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न गृहसचिव श्रेष्ठको आग्रह किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनी ला लिगामा बार्सिलोनाको झिनो आशा बाँकी



अ+ अ-

म्याड्रिड । बार्सिलोनाले आइतबार लयमा रहेको भिल्लारियललाई ४–१ ले हरायो । बार्सिलोनाले पउ टोरेसको आत्मघाती गोलमा अग्रता लिएको थियो । लगत्तै जेरार्ड मोरेनाले बराबरी गोल फर्काए । यो संगै स्पेनी ला लिगाको उपाधि होडमा बार्सिलोनाले आफ्नो झिनो आशा जारी राखेको हो । 

लियोनल मेसीको पासमा लुइस स्वारेजले दोस्रो गोल गरेका थिए । मेसीकै पासमा एन्टोइन ग्रिजमनले तेस्रो गोल थपे । अन्सु फातीको नाममा चौथो गोल रह्यो । बार्सिलोनाले प्राप्त गरेको उत्कृष्ट जितमा अगाडि खेल्ने तीन खेलाडी मेसी, स्वारेज र ग्रिजमन सबैको राम्रो योगदान रह्यो ।

यो जितसँगै ला लिगामा मेसीले गोलमा सहयोगी भूमिका खेलेको १९ पुगेको छ र यो एसिस्टको रूपमा सबैभन्दा बढी योगदान हो । यो जितपछि बार्सिलोनाले शीर्ष स्थानमा रियल म्याड्रिडको अग्रता फेरि चार अंकमा छोट्याएको छ । ३४ खेलबाट ७७ अंकसहित रियल म्याड्रिड शीर्ष स्थानमा रहँदा समान खेलबाट बार्सिलोनाको ७३ अंक रहेको छ ।