९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

राष्ट्र र जनताका हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा गर्व छः प्रधानमन्त्री ओली

राष्ट्र र जनताका हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा गर्व छः प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता, राष्ट्रका हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा गर्व रहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा बुद्धिजीवि परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सही कुरालाई समर्थन गर्दा झोले भन्ने प्रवृत्ति बढेको बताउनु भयो ।

उहाँले आफू जनताका झोला बोकेर हिँड्ने मान्छे भएको उल्लेख गर्दै जनताका झोला बोकेर हिँड्दा अलिकति पनि अफ्ठ्यारो नलाग्ने बताउनु भयो । आफूले कुनै सामन्तको झोला नबोकेको र कुनै सामन्तको दुई कौडी लिएर त्यसका पछाडि स्तुति गान गर्न नकुदेको बताउनु भयो । आफू इतिहास नमर्काउने, नबंग्याउने, इतिहासलाई जस्ताको त्यस्तै राख्ने, इतिहासलाई सही बाटोमा अघि बढाउने नेकपा एमालेको झोले भएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘आलोचनात्मक चेत भएका मानिसहरु, सोकल्ड आलोचनात्मक चेत भएका मानिसहरु तिनीहरुले तपाईंले सही आर्टिकल लेखे पनि तपाईं पनि झोले हुनु भएछ भन्दिन्छ । किनभने तपाईंले सहीको विरोध गर्नु भएन नि । भ्रष्टाचारीको विरोधमा उफ्रिए पनि हुने । भ्रष्टाचारीको विरोधमा नारा लगाए पनि हुने । भ्रष्टाचारीका विरोधमा आन्दोलन गरे पनि हुने । ढुंगा मुढा गरे पनि हुने । फालिसकेको राजतन्त्रको पक्षमा म त रैतान हुन तयार छु भनेर नारा लगाउन हुने । म त एउटा स्वतन्त्र मानव होइन, एउटा नागरिक सर्वोच्चता स्वीकार्ने मान्छे होइन म । प्रभुको दास हुन तयार मान्छे हुँ भनेर कबुलियत नामा गर्न लाज नहुने । ति झोले नहुने ।

सबै मानिस स्वतन्त्र छन्, २५ सय वर्षअघि प्लेटोले बुझेको कुरा, भनेको कुरा आज आएर नबुझ्ने पनि फेरि झोला नबोक्ने स्वतन्त्र मानव भइ टोपल्ने त्यो भन्दा पराकाष्ठा के हुन्छ गुलामीको ? त्यसकारण यि गुलामी मनोवृत्तिका, दास मनोवृत्तिका मान्छेहरुका तथाकथित निष्पक्षताका, आलोचनात्मक चेतका यस्ता कुराहरुका कुनै भ्रममा नपरौँ । सही कुरालाई समर्थन गर्दा झोले । मलाई अलिकति पनि अफ्ठ्यारो लाग्दैन, म जनताका झोला बोकेर हिँड्ने मान्छे हुँ, जनताका हित, राष्ट्रका इज्जत, हितहरुको झोला बोक्ने, राष्ट्रको गौरवको झोला बोक्ने र गौरव, परिवर्तनको झण्डा माथि उठाउने एउटा झोले हुँ । के भयो त झोले हुँदा । मैले कुनै सामन्तको झोला बोकेको छैन । कुनै सामन्तको दुई कौडी लिएर त्यसका पछाडि स्तुति गान गर्न कुदेको छैन ।

इतिहासलाई बाङ्गोटिङ्गो पारेर मर्काएको छैन । हो त्यस्तो झोला । इतिहास नमर्काउने, नबंग्याउने, इतिहासलाई जस्ताको त्यस्तै राख्ने, इतिहासलाई सही बाटोमा अघि बढाउँदा म नेकपा एमालेको झोले हो । म यस देशका  जनताको झोले हो । अब भयो चित्त बुझ्यो प्रतिक्रियावादीहरुलाई । म कबुल गर्छु, झोले हो । झोला बोकेर हिँड्या हो । यि झोला किन बनेका भन्या ? बोक्न होइन ? राम्रा कुरा बोक्न बनेका झोला दलाली झोलाभरी हालेर बोक्छन् यिनीहरु । राम्रा कुरा बोकेर हिँडुन् त्यो झोलामा । झोले हुनुमा गर्व छ, तर राम्रा कुरा बोकेर हिँड्नुमा गर्व छ ।’

प्रधानमन्त्री ओलीले मेसिन खेलाएर अरुको चरित्र हत्या गरेर बुस्ट गरेका प्रतिक्रियाहरुको पछि नलाग्न आग्रह गर्नुभयो । आफूलाई झोले भन्नेहरु देख्दा मानिस भएपनि मानव मेसिन भएको टिप्पणी गर्नुभयो । ढुक्क भएर देशको अग्रगामी परिवर्तनको झण्डालाई माथि उठाएर हिँड्न आग्रह गर्नुभयो ।