९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

राजश्वको लक्ष्य पूरा नहुने ठाउँ दिएको छैनः अर्थमन्त्री पौडेल

राजश्वको लक्ष्य पूरा नहुने ठाउँ दिएको छैनः अर्थमन्त्री पौडेल
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको अनुमान लक्ष्य पूरा गरेर छोड्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजश्वको सन्दर्भमा गरिएको अनुमान आगामी आर्थिक वर्षको अन्तिममा समीक्षा गर्दा प्रश्न गर्न नपर्ने स्पष्ट पार्नुभयो । उहाँले राजश्वको अनुमान लक्ष्य पूरा गर्न मेहनत बढी गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । मेहनत गरेर पूरा गर्न सकिने राजश्वको लक्ष्य रहेको उहाँको दाबी छ । वित्त आयोगले निर्धारण गरेको सीमालाई टेकेर नै आन्तरिक ऋण परिचालन गरिएको बताउनु भयो । उहाँले वित्त आयोगले ५.५ प्रतिशतको आन्तरिक ऋण परिचालन गर्न सकिने भनेपनि बजेटमा ५.३ मा परिचालन गर्ने लक्ष्य राखिएको बताउनु भयो ।

उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘राजश्वको सन्दर्भमा जुन अनुमान गरिएको छ । राजश्वको अनुमान म यहाँहरुसँग आँखा जोडेर भन्न चाहन्छु । आगामी आर्थिक वर्षको अन्तिमतिर आइपुग्दा समीक्षाको बेलामा फेरि प्रश्न सोध्न सक्नुहुन्छ, पूरा भएन नि त राजश्वको लक्ष्य भनेर । त्यो स्पेश मैले दिएको छैन । हो मेहनत गर्नुपर्नेछ । मेहनत गरेर पूरा गर्न सकिने राजश्वको लक्ष्य छ । चुपचाप बसेर आफैँ हुँदैन, मेहनत गर्नुपर्छ । त्यसरी राजश्वको लक्ष्य निर्धारण गरिएको छ । आन्तरिक ऋणमा म के भन्न चाहन्छु भने हाम्रो वित्त आयोगले जुन सीमा निर्धारण गरेको थियो, जिडिपिको ५.५ प्रतिशतसम्म तपाईंहरुले ऋण लिन सक्नुहुन्छ भनेर जुन सीमा निर्धारण गरिएको थियो, वित्त आयोगले दिएको सीमा भन्दा कममा आन्तरिक ऋण परिचालन गर्नेकुरा बजेटले बोलेको छ । हामीले ५.३ मात्रै आन्तरिक ऋण उठाउँछाँै भनेको छौँ । यसले पनि हामी मनमर्जी ढंगले ऋण उठाउने पक्षमा छैनौँ भन्ने देखाउँछ ।’

देश विकासका लागि जनशक्ति र प्राकृतिक श्रोतको आवश्यक हुने बताउनु भयो । उहाँले प्राकृतिक श्रोत र जनशक्तिको प्रयोग गरेर मात्रै कुनैपनि देशको विकास हुनसक्ने जिकिर गर्नुभयो । उहाँँले जनशक्तिलाई देशको विकासमा कसरी परिचालित गर्ने ? भन्नेकुरा सोच्नुपर्ने विषय रहेको बताउनु भयो । ज्ञान, सीप आर्जन गरेका युवा युवतीहरुलाई देशभित्र टिकाउने, देशभित्रै उत्पादन, उत्पादकत्व वृद्धिमा लगाउने कसरी ? सोच्नुपर्ने विषय भएको बताउनु भयो । प्राकृतिक श्रोतको उपयोग नगरीकन संसारको कुनै देश धनी नभएको जिकर गर्नुभयो ।

अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘देश विकासको लागि हामीले प्रयोग गर्ने दुई वटा चिज हो । एउटा जनशक्ति र अर्को प्राकृतिक श्रोत । प्राकृतिक श्रोत र जनशक्तिको प्रयोग गरेर मात्रै कुनैपनि देशको विकास हुनसक्छ । हामीले हाम्रो जनशक्तिलाई देशको विकासमा कसरी परिचालित गर्ने ? सोच्नुपर्ने विषय यो हो । ज्ञान, सीप आर्जन गरेका युवा युवतीहरुलाई देशभित्र टिकाउने, देशभित्रै उत्पादन, उत्पादकत्व वृद्धिमा लगाउने कसरी ? सोच्नुपर्ने विषय यो हो । त्यस कोणबाट अहिलेको बजेटले केही महत्वपूर्ण प्रश्तावहरु गरेको पनि छ । हामीसँग भएको प्राकृतिक श्रोतको उपयोग हो । प्राकृतिक श्रोतको उपयोग नगरीकन संसारको कुन देश धनी भएको छ ?’

उपप्रधानमन्त्री पौडेलले अहिले अनुमान गरिएको खर्चको श्रोत क्षमताको प्रभावकारी परिचालनद्वारा पूरा गर्न सकिने बताउनु भयो । बजेट बिना तयारीका खुद्रा योजनामा जानु हुँदैन भन्नेमा होशियार रहेको बताउनु भयो । सहकारी क्षेत्रका समस्या समाधानमा बजेट केन्द्रित रहेको पनि बताउनु भयो । बजेटको कार्यान्वयनमा सबैको साथ र समर्थन सरकारलाई प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । सरकारले धर्म निर्वाहका लागि मात्रै बजेट नल्याएको उल्लेख गर्दै कार्यान्वयन गरेर अपेक्षित नतिजा हाँसिल गर्ने लक्ष्यका साथ प्रश्तुत गरिएको बताउनु भयो ।