५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शक्तिशाली सरकारले शक्तिशाली बजेट ल्याउन सकेनः जनार्दन शर्मा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेटमा केही नयाँ कुरा आएको भएपनि देशको समस्या समाधान गर्न नसक्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बजेटमा केही नयाँ कुराहरु रहेको तर निर्यात भन्दा आयात १० गुणा गर्ने आजको अवस्थालाई समाधान गर्नेकुरा नरहेको बताउनु भयो ।

उहाँले त्यसको समाधान गर्न निजी क्षेत्रहरुलाई साधन, श्रोत, उत्पादनहरुसँग जोडेर लगानी गर्नको लागि बजेटले कति काम गर्छ भन्ने प्रश्न रहेको बताउनु भयो । बजेटमा उद्योगीहरुलाई किसान, श्रोत साधनसँग जोड्ने कार्यक्रम नभेटेको बताउनु भयो । दुई ठूला राजनतिक दलहरुको शक्तिशाली सरकारको तुलनामा शक्तिशाली बजेट भने आउन नसकेको बताउनु भयो ।

उपमहासचिव शर्माले भन्नुभयो, ‘केही नयाँ कुराहरु त आएका छन् । नयाँ कुरा सँगसँगै निर्यात भन्दा आयात १० गुणा गर्ने आजको हाम्रो अवस्था छ । त्यो १० गुण आयातको अवस्थालाई बदल्नका लागि त्यसलाई सन्तुलनतिर लैजानका लागि वा हाम्रा निजी क्षेत्रहरुलाई हाम्रो साधन, श्रोत, उत्पादनहरुसँग जोडेर लगानी गर्नको लागि बजेटले कति काम गर्ला ? तपाईंहरुलाई त्यतातिर लैजान केही सहुलियत, किसानसँग तपाईंहरुलाई जोड्ने कार्यक्रम, हाम्रा श्रोत, साधानसँग जोड्ने कार्यक्रम बजेटमा खोजिरहेको छु । मैले नभेटेको पनि हुनसक्छ । नेपालको जुन वर्तमान आर्थिक प्रणाली, कार्यान्वयनको संरचना छ, जुन तरिका छ, त्यसको पुनःसंरचना जरुरी छ । दुई ठूला पार्टीको शक्तिशाली सरकार छ । त्यस अर्थको अपेक्षा होला । सायद त्यस्तो सरकारको अर्थमन्त्री थिइन, मैले सकिन होला । अहिले त हाम्रो अर्थमन्त्रीजी त धेरै शक्तिशाली हो नि ।’

उपमहासचिव शर्माले बजेट यथार्थपरक छ भन्नसके पनि अन्तर्य हेर्दा कार्यान्वयनको चुनौति रहेको बताउनु भयो । बजेट आज चाहिएको जस्तो नभएको जिकिर गर्नुभयो । अर्थतन्त्रको विस्तार, समृद्धिका लक्ष्यहरु पूरा गर्न बजेटले नसक्ने बताउनु भयो ।




भर्खरै