काठमाडौँ । सरकारले सरकारी कर्मचारीको तलब वृद्धि नगरे पनि महँगी भत्ता भने बढाएको छ ।
यसअघि २ हजार रहँदै आएको महँगी भत्तामा अहिले ३ हजार वृद्धि गरिएको हो ।
यसअघि तीन वर्षअघि तलब बढेकोमा यस वर्ष कर्मचारीको तलब बढ्ने अपेक्षा रहेपनि स्रोतको अभावका कारण तलब वृद्धि गर्न सम्भव नभएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताउनुभयो ।










