१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गभर्नर नियुक्तिमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्तिविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

मंगलबार अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति बदरको माग गर्दै रिट दर्ता गरेका थिए ।

रिटमा नेपाल राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति गरिएको दाबी गरिएको छ ।