११ श्रावण २०८३, सोमबार
,
Latest
क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय निर्देशक नवीन सुब्बा र साहित्यकार भवानी अधिकारीलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’ १६ खर्बको राजश्व लक्ष्य भेट्टाउन ‘मिसन मोड’ मा काम गर्न अर्थमन्त्रीको निर्देशन अव्यवस्थित तार व्यवस्थापनका लागि मन्त्रीद्वयद्वारा स्थलगत अनुगमनः भने–‘ प्रतिकूल मौसमका कारण काम रोकिन भएन’ (तस्बिरसहित) ऊर्जा क्षेत्रको विकासका लागि विद्युत ऐन समयानुकुल बनाउन आवश्यकः पूर्वमन्त्री ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसैको विरोध होइन जनताको उपलब्धिको खुशीयाली साटासाट गर्न गणतन्त्र दिवस मनाइनेः महासचिव पोखरेल



अ+ अ-

काठमाडौं, १४ जेठ । नेकपा (एमाले) महासचिव शङ्कर पोखरेलले गणतन्त्र उत्सव जनताको एउटा खुशी र गौरवको दिन हो भन्ने जानकारी दिन मनाउन थालिएको बताउनु भएको छ ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज प्रेस चौतारी नेपालले गणतन्त्र उत्सवको तयारीका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले गणतन्त्रलाई उत्सवको रुपमा हुँदैछ भन्ने थालनी आफूहरुले भोलिको गणतन्त्त उत्सव कार्यक्रमबाट सन्देश दिन खोजेको बताउनुभयो ।

“संविधान सभाका ऐतिहासिक फैसला स्वीकार गरेका पूर्व राजा ज्ञानेन्द्र र संविधानको विपक्षमा लोकतन्त्रको विरोधमा जुन खालको गतिविधि गरिरहेको हामीले देखिरहेका छौ, ” उहँले भन्नुभयो,“त्यस्तो अवस्थामा नेपाली जनतालाई गणतन्त्रका उत्सवका रुपमा हाम्रो पार्टीले महसुस गरयौ र त्यसै अनुरुप हाम्रो पार्टीले जेठ १५ गतलाई गणतन्त्र उत्सवमा मनाउने निर्णण गरौ र तयारीमा जुटेका छौ ।”

महासचिव पोखरेलले सास्कृतिक झाकी सहित उत्सवको रुपमा दिवस मनाइने बताउनुभयो । “हाम्रो देश भाषिक जातिय र सांस्कृतिकयुक्त देश भएको नाताले जनता सार्वभौमसत्ता सम्पन्न भएको ऐतिहासिक दिनलाइ जनउत्सवको रुपमा मनाउने भएकोले त्यो विविधितालाई भोलि आयोजना हुने कार्यक्रमका माध्यमबाट प्रकट गर्न चाहन्छौ,” उहाँले भन्नुभयो, “हाम्रो कार्यक्रममा विभिन्न जातजातिका समुदाय, विशेगा सांस्कृतिक भेषभुषा, बाजाजागा सांस्कृतिक झाकी सहित हुने छ । यसले एउटा विशिष्ट छाप छाडने छ । ”

महासचिव पोखरेलले मुलुकको सवै ध्यान राजनीतिक व्यवस्था पुगिसकेकोले अवको आफूहरुको ध्यान विकास र समृद्धको दिशातर्फ केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले राजनीतिक दलबीच सहमति भयो भने संविधानमा समेत संशोधन गरेर गणतन्त्र दिवसलाई विशेष समारोह गर्ने गरि बजेट प्रस्तुत गर्ने दिनलाई फरक दिनमा लैजाने उपयुक्त हुने बताउनुभयो ।

“जुन दिनले हामीलाई सार्वभौमसत्ता सम्पन्न बनायो । जनअधिकारलाई स्थापिति गर्ने काम गर्ने गरयौ । त्यो दिनलाई कमजोर बनाउने काम भइरहेको छ,” उहाँले भन्नुभयो, “त्यो जनताका लागि स्वीकार्य छैन भन्ने खालको सन्देश जनताको खुशीयालीको माध्यमबाट प्रकट गर्नुपर्दछ भन्ने । कसैको विरोध होइन जनताको उपलब्धिको खुशीयाली साटासाट गर्ने समारोहका रुपमा आयोजना गर्न थालेका हौ ।”

उहाँले एमाले मात्र होइन सवै राजनीतिक दलका प्रतिनिधि जेठ १५ गतेको गणतन्त्र उत्सवको दिनको समारोहमा सामेल भएर गणतन्त्रलाई उत्सवका रुपमा मनाउन हातेमालो गर्न आग्रह गर्नु भएको छ ।