काठमाडौँ । यातायात व्यवसायीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
नेपाल यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायत स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले सयुक्त पत्रकार सम्मेलन गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन् ।
विभिन्न संगठन सम्मिलित ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ बनाइएको छ ।
७ बुँदे माग राख्दै आन्दोलको घोषणा गरेका उनीहरुले सबै मन्त्रालयमा ज्ञापन पत्र बुझाउने, जेठ १४ मा मुख्यमन्त्रीलाई मागपत्र दिने, १८ गते कालो झन्डासहित देशभर विरोध गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।
सवारी साधन घरग्यारेजमा थन्क्याएर १९ गतेदेखि देशभर अनिश्चितकालीन बन्दको घोषणा पनि उनीहरुले गरेका छन् ।












