२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गभर्नर पौडेलविरुद्धको रिट सर्वोच्चमा दर्ता



अ+ अ-

काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

पौडेलको नियुक्ति बदरको माग गर्दै परेको रिट आज दर्ता भएको हो । रिटको बुधबारका लागि सुनुवाइ तोकिएको छ ।

अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतीभा उप्रेतीले पौडेलको नियुक्ति कानुनसम्मत नरहेको भन्दै खारेजीका लागि रिट निवेदन दिएका हुन् ।

रिटमा ऐनकोविरुद्धमा राजनीतिक स्वार्थको व्यक्तिलाई गैरकानुनी रुपमा नियुक्त गरिएको दाबी छ ।

गत ६ जेठमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्वनाथ पौडेललाई मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गरेको थियो ।