४ भाद्र २०८३, बिहीबार
,
Latest
बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स १४ गते नेपाल आउँदै



अ+ अ-

काठमाडौं । न्यूजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पिटर्स नेपालको भ्रमणमा आउने भएका छन् ।

नेपालको दुई दिने औपचारिक भ्रमणका लागि उनी जेठ १४ गते काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल बसाइँको क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । साथै, उनले परराष्ट्रमन्त्री डा. अरुजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

यो भ्रमण न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्रीबाट नेपालमा हुने पहिलो औपचारिक भ्रमण हो । यो भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

न्युजिल्यान्ड सरकारको आधिकारिक वेबसाइटमा प्रकाशित एक विज्ञप्तिमा उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पिटर्सले अष्ट्रेलिया, श्रीलंका, नेपाल र भारतको भ्रमण गर्ने उल्लेख छ । यस भ्रमणको उद्देश्य दक्षिण एसियाली देशहरूसँगको सम्बन्ध सुदृढ गर्नु रहेको न्युजिल्यान्ड सरकारले जनाएको छ ।